Friday, September 24

नुवाकोटकी स्वरमै मोहनी लगाउने क्षमता भएकी प्रिती रिमाल, १६ बर्षमै यति मिठो गीत-हेर्नुहोस (भिडियो सहित)

2021-08-13 181

नुवाकोट | प्रतिभा, कला भन्ने चिज जो कोहीसंग हुदैन र जो कोहिले यस्तो बरदान पनि पाएका हुदैनन् भनेर भनिन्छ । कसैलाई भगवानले के दिन्छन त कसैलाई के भनेर पनि सोच मग्न भइन्छ कहिलेकाही ।

हो यस्तै एउटा प्रतिभा जन्मिएको छ अहिले नुवाकोटमा। बिष्णु माझीलाई नेपाली गित संगितको क्षेत्रमा लोक गितनै नसुन्ने भएपनि कमै छन होला भन्दा फरक पर्दैन । कुनै समय त बिष्णु माझी नाम मात्रमा सिमित थिएन यो एउटा ब्राण्ड पनि थियो भन्दा फरक नपर्ला ।

लोक गितमा एउटा छुट्टै पहिचान बनाउन सफल उनै बिष्णुलाई आज टक्कर दिने प्रतिव ह जन्मिन अझै गार्है छ त्यैपनि यी युवतीको स्वरले कता कता बिष्णु को झझल्को पनि मेटाइदिने कोशिस गरेकै छ |

नुवाकोट घर भइ हाल काठमाडौँमा परिवारसंग बस्दै आएकी १६ बर्षिय प्रिती रिमालको स्वरले सायद तपाइको मन अबस्य छुनेछ | अहिले यतै अध्यनरत यी नानीको स्वर चलेका कलाकार भन्दा कम छैन भन्दा नि फरक नपर्ला | रचना रिमाल अन्जु पन्त लगायतलाइ आफ्नो बेस्ट मान्ने यी रिमालको स्वर पनि एक दिन अबस्य नेपाल आइडल र भोइसमा भिड्नेछ भन्ने लगभग पक्का छ ।

हेर्नुहोस – तलको भिडियोमा

प्रतिकृया दिनुहोस्