Friday, September 18

वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जनालाई प्रहरीले पक्रियो ..पूरा हेर्नुहोस

काठमाडौं, चैत २८ – वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जनालाई प्रहरीले पक्रिएको छ ।

वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका उनीहरुलाइ पक्रिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले उज्यालोलाई जानकारी दिनुभयो ।

विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै बिचौलियाले ठग्न खोजेपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

सेवाग्राहीले बिचौलियाले श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नाममा २५ सय रुपैयाँसम्म असुल्ने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्रिन सादामा पोशाकमा प्रहरी खटिएका थिए । यसअघि गएको फागुन २३ गतेपनि ३५ जना पक्राउ परेका थिए ।

Source:ujyaalo online