Friday, October 30

अपराधको भुमरीमा सडक बालबालिका : सम्बन्धित निकायलाई छैन चासो…

बालक संगै किशाेर किशोरी पनि रहदा एचआइभीको खतरा

इटहरी । इटहरीको बिपि चौकमा सोमबार दिउसो निमाणधिन भवनबाट रड सहित एक १४ बर्षीय बालक रंगेहात समातिए । ति बालक अरू कोहि नभएर सडकमा जिवन बिताउन बाध्य सडक बालक थिए । चोरीको आरोपमा समातिएका ति बालकलाई त्यहाका केहि स्थानीयले रक्ताम्य हुनेगरि हातपात समेत गरे । सोहि घटनाको एक घण्टा बित्न नपाउदै हटिया लाइनमा पुन अर्का बालक चोरीकै आरोपमा समातिए फरक यति रहयो ति सानै थिए स्थानीयले २ , ४ थप्पड लगाए र त्यतिकै छाडिदिए । यि माथिका उदहारण मात्र हुन ।

सम्बन्धित सरोकारवालाहरूले कुनै चासो नराख्दा इटहरी क्षेत्रमा रहेका सडक बालिबालिकाहरूको अवस्था दयनिय तथा नाजुक बन्दै गएको छ । सडक बालबालिकाहरूको हकहित तथा संरक्षणकालागि सुनसरीमा दर्जन बढी सामाजिक संस्थाहरू रहेका छन तर उनिहरूको अवस्था दिन प्रतिदिन बिग्रदो र भयावह बन्दै गएको छ । तत्कालिन इटहरी नपा हुँदा यस क्षेत्रमा १९ देखि २५ जना सम्म सडक बालबालिकाहरू रहेका थिए अहिले अन्य गाविसहरू सहित गाविएर उपमहानगर भइसक्दा सडक बालबालिकाहरूको संख्या झनै तेब्बर बढेको छ ।

पारिवारिक समस्या, व्यक्तिगत ज्ञानको अभाव र सामाजिक बहिष्कार जस्ता कारणले सडकमा जिवन बिताउन बाध्य यस्ता बालबालिकाहरू हाल अपराधिक गतिविधिमा कृयाशिल हुन थालेको पनि पाइएको छ । आफ्नो रोजि रोटीकोलागि हदै सम्मको कृयाकलाप गर्न गर्न सक्ने यस्ता बालबालिकाहरू अहिले इटहरी उपमहानगर क्षेत्रमा मात्रै ७० भन्दा बढिको संख्यामा रहेका छन । भोको पेट भर्नका निमित्त उनिहरू दैनिक डेन्ड्राइड सुङने गर्दछन । उनिहरूकालागि चोरी डकैति अहिले सामान्य दैनिकि बन्न थालिसकेको छ । उमेर नपुगको कारण प्रहरीले पनि उनिहरूलाई नियन्त्रणमा लिन सकिरहेको छैन ।

त्यो भन्दा पनि अर्काे बिकराल समस्या हाल इटहरी उपमहानगरमा सडकबालक संगै बालिकाहरू पनि थपिदै गएका छन । अहिले उपमहानगरमा ३ जना सडकबालिका रहेका छन । तिन जना मध्ये एक जना किशोरी अवस्थामा रहेकिछिन । सडक बालकसंगै रहदा भोलिको दिनमा गर्भवति हुन सक्ने सम्भावना पनि उतिकै बढेको देखिन्छ । त्यो भन्दा पनि अर्काे समस्या भोलि तिनै सडक बालबालिकाको कारण एचआइभि संक्रमण फैलन सक्ने खतरा बढेको अनुमान लगाउन सकिन्छ ।

यता बालबालिकाहरूको हक हित र संरक्षणबारे आवाज उठाउदै आएको उपका नेपाल र जिल्ला बाल कल्याण समिति सुनसरी पनि इटहरीमा सडक बालबालिकाको अवस्था र संख्या बारे अनभिज्ञ रहेको बताउदै आएको छ । उप्का नेपाल सुनसरीकि सकुन्तला शुब्बाका अनुसार सुनसरीमा सडक बालबालिकाहरूको अवस्था दयनिय रहेको स्विकारछिन तर उनिहरूको पुनरूत्थानको बिषयमा सामाजिक सरोकारवालाहरू मौन रहेको आरोप लगाउछिन ।

उनका अनुसार अहिले सम्म सुनसरीमा रहेका केहि सडक बालबालिकाहरूलाई बिभिन्न तालिम प्रदान गरी उनिहरूको पुनस्थापनाकालागि पहलि कदम चाल्दै आइरहेको पनि बताइन । यता जिल्ला बाल कल्याण समितिका संयोजक जगदिश ओलीसंग बुझ्न खोज्दा उनिसंग सम्पर्क हुन सकेन ।-पुर्बेलीन्युजबाट