Friday, October 30

गोरु काटेको आरोपमा प्रहरीद्वारा ४ जना पक्राउ

देउपुर । काभ्रेमा गोरु काटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मण्डन देउपुर नगरपालिका २ बस्ने ५६ वर्षीय पूर्णबहादुर तामाङ, पाँचखाल नगरपालिका १ बस्ने २७ वर्षिय धनसिंह तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(३ का २६ वर्षे सूर्यबहादुर तामाङ र बारा सिमराका २५ वर्षे सन्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार राति गोरु काटेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पुर्बेलीन्युजमा खबर छ |