Friday, October 30

पत्रकार रवि लामिछाने २०७४ सालभरि यसकारण अत्याधिक चर्चामा रहे…

न्युज २४ टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग चलाएर चर्चामा छन्,रवि लामिछाने।
०७४ सालभरि सामाजिक संजालमा अत्याधिक चर्चामा रहे लामिछाने।रविले जनताका गुनासा-समस्याहरुलाई लाइभ कार्यक्रम मार्फत सम्बन्धित अधिकारीलाई प्रश्न सोध्ने गर्छन्।समाजका बिकृति,विसंगती र कुरुती बिरुद्ध आवाज उठाउने जिम्मेवार सरकारी अधिकारी,राजनीतिज्ञलाई ध्यानाकर्षण गराउने गर्छन्।

आम सर्वसाधारण जनताको गुनासो,समस्या सुन्ने र उक्त गुनासो र समस्या सम्बन्धित निकायसम्म पुराएर समाधानको लागी पहल समेत रवि लामिछानेले गर्ने गर्छन्।

सामाजिक,राजनीतिक र अन्य विकृती-विसंगति विरुद्ध शसक्त रुपमा आवाज उठाउने र भण्डाफोर गर्ने रवि लामिछानेलाई ‘निडर पत्रकार’ भनेर प्रशंसा गरिन थालिएको छ।

नेपालबाट मात्र होइन वैदेशिक रोजगारी लागी विदेशमा रहेका नेपालीहरुले समेत आफ्ना समस्या ‘सिधा कुरा जनतासँग’ पोख्ने गर्छन्।-पानाखबरबाट