Saturday, September 19

निरन्तर घटबढ भइरहेको सुनको भाउ यति पुग्यो आज…

बैशाख ६, काठमाडौं । निरन्तर घटबढ भइरहेको सुनको भाउ आज भने बढेको छ । आज सुन तोलामा नै ३०० रुपैँयाले बढेको छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५९ हजार ३०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ प्रतितोला ७८० रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन तोलाको ५९ हजार रुपैँयामा कारोवार भएको थियो भने चाँदी तोलाको ७६० रुपैँयामा कारोवार भएको थियो ।