Saturday, October 31

बिस्कुट दिने वहानामा ८ बर्षिय छोरीलाई ६० बर्षिय मगरले गरे बलात्कार (भिडियो सहित)

बिस्कुट दिने वहानामा ८ बर्षिय छोरीलाई ६० बर्षिय मगरले गरे बलात्कार तलको भिडियो हेर्नूहोला

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ की ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको र जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको छ । यही वैशाख २ गते दिउँसो २ बजेतिर ८ वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले उनीमाथि बलात्कार गरेको पीडित पक्षको दावी छ । ती बालिकाकी ११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी थिइन् । त्यसपछि आमाले घटनाबारे जानकारी पाएकी थिइन् । बालिकालाई तत्काल बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचार पश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गर्न लगिएको थियो ।

घटनालगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिए पनि प्रहरीले आरोपीलाई अझै पक्राउ गरेको छैन । घटनालाई राजनीतिक रंग दिइएको र आरोपीलाई राजनीतिक संरक्षण दिएर भगाइएको आरोप पीडित पक्षको छ । वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका पीडित बालिकाका बुवाले भने, ‘मेरो घरमा महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु गएको बेला जनप्रतिनिधिले नै यो कुरा मिल्नमिल्न लागिसकेकोले धेरै नउठाइदिनुहोला भनेछन् । अपराधीलाई राजनीतिक संरक्षण दिएर भगाइसकिएको छ ।’

घटना भएलगतै स्थानीय अगुवाहरुलाई घटनाको बारेमा आमाले जानकारी गराए पनि जनप्रतिनिधिहरुले घटनाको विषयमा छलफल गर्ने भनिएको थियो । तर भोलिपल्ट पीडक मगर फरार भएको पीडित बालिकाकी आमाले बताइन् । पीडितकी आमाले घटनाबारे सुन्दरहरैचा नगरपालिकाकी उपमेयरलाई समेत जानकारी गराइएको बताएकी छिन । बालिकाको आमाका भनाइ अनुसार पीडक पक्षले पैसा दिन्छु, मिल्नु पर्छ भनेर दबाव दिँदै आएको बताएकी छिन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले २४ घण्टाभित्र अपराधीलाई पक्रने भने पनि अझै नपक्रेको गुनासो अभिभावकको छ । कटुवालले मगरको खोजी भइरहेको बताएका छन । यसैबिच सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले भने आफूलाई यो घटनाको विषयमा जानकारी नै नभएको दाबी गरेका छन । आफ्नै नगरपालिकामा यति ठूलो घटना हुँदा पनि प्रहरीले समेत जानकारी नगराएको मेयर ढकालको भनाइ छ । उनले पीडित पक्षलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन । (पुर्बेलीन्युज बाट साभार)

आज भोली देश भित्र बलात्कार जस्तो जघन्य अपराधको समाचारहरु न सुनिने कुनै दिन बाकी न होला । नाबालिका देखि किशोरीहरु त्यसै गरी आफ्नै आफन्त देखि अन्जानहरुबाट बालिकाहरु बलात्कृत हुने गरेका छन । बलात्कारको समाचार आउछ पिडा हुन्छ तर त्यो बलात्कारीलाई कस्तो सजाय हुन्छ त्यो सर्बसाधारणलाई केहि पत्तो हुन्न । केही दिन अगाडी मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ की ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको समाचार बाहिरिएको छ । ८ वर्षीया बालिकालाई का बाबा छत्र लकाइ खड्का अहिले रोजगारीको शिलशिलामा मलेशियामा कार्यरत छन् भने उनले यो अपराधी लाइ जसरी पनि सजाए दिलाउने अभियान सामाजिक संजाल मार्फत सुरु गरेका छन् । हेरौं उनले भनेको लाइव मार्मिक भिडियो ।