Saturday, September 26

मकवानपुरमा नेपाल प्रहरीलाई मिल्यो निकै ठुलो सफलता, छानबिन गर्दा खुल्यो यस्तो ठुलो रहस्य (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

मकवानपुर– मकवानपुर प्रहरीले हात हतियार र गोली गठ्ठासहित एकजनालाई पक्राउ गरेको छ । विहिबार मकवानपुरको हेटौडा उपमहानगरापलिकास्थित लोकमार्गको लेवट भन्ने स्थानबाट मकवानपुरकै जम्बो चौताराका अनिल भन्ने जोकर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ३ थान कटुवा पेस्तोल, नलकटुवा पेस्तोलमा फिट हुने गोली ११ थान, ३०३ राइफलको गोली १, सुतली बम एकथान र नेपाल प्रहरीको एकथान चुस्ता बरामद गरेको हो ।

सवारी चेकजाँचमा खटिएको प्रहरी टोली देखेपछि तामाङ सवार सवारी साधनबाट झरेर भाग्न खोजेपछि प्रहरीले उनलाई पिछा गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक दिलिप झाले जनाएका छन् ।-लाइवनेपालबाट