Saturday, September 26

खोला तर्दा तर्दै खोटाङमा यात्रूबाहक बस बाढीले बगायो (डरलाग्दो भिडियो)

खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पञ्चमीबजारबाट यात्रु लिएर दिक्तेल जादै गरेको बा २ ख ४८९६ नम्बरको बसलाई मंगलबार दिउँसो तावा खोलाले बगाएको छ । बसलाई खोलाले बगाए पनि मानवीय क्षति नभएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए । खोला तर्नेक्रममा खोलाको बीचमा अड्किएको बसलाई खोलाले पल्टाएर सय मिटर तल पुर्‍याएको छ ।

खोला पार गर्ने क्रममा बीचमा केही समय बस अड्किएपछि यात्रु सकुशल निस्किसकेपछि बसलाई खोलाले पल्टाएको खोटाङ यातायात व्यवसायी संघका उपाध्यक्ष फडीन्द्र राईले बताए। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टेम्मा र साकेला गाउँपालिकाको मात्तिम जोड्ने तावा खोलामा पक्की पुल नहुँदा यात्रुवाहक सवारी साधन जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

साझापेजबाट