नर्भिक हस्पिटलमा उपचाररत अभिनेत्री निशा घिमिरेको निधन भएको छ । उनको हस्पिटलमै उपचारको क्रममा केहीबेर अगाडि निधन भएको बिस्वसनिया श्रोतबाट जानकारी प्राप्त भएको छ ।
तीन वर्षअघि भारतको देहरादूनमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । तर, उनको स्वास्थ्य अवस्था अझै सुधार नभएको मंगलबार अस्पतालले जनाएको थियो ।
‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।
उनको उपचारमा ५० लाख खर्च भैसकेको समेत अस्पतालले जनाएको छ भने उनको उपचारका लागि भनेर देशबिदेशबाट आर्थिक सहयोगहरु जुटेको छ । तर, उनको निधनले सबैलाई मर्माहत बनाएको छ । उनको अन्त्यष्टि भोलि पशुपति आर्यघाटमा हुने जनाईएको छ ।
नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको नाजुक अवस्था देखेपछि जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालमा निःशुल्क उपचार सुरु गराएकी थिइन् । दुर्घ टनापछि उनको लामो समय भारतमै उपचार भएको थियो । तर, अस्पतालको महंगो खर्च धान्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्समार्फत् नेपाल ल्याए ।
उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छन् ।-डिथ्रीअनलाइनबाट।
हेर्नुहोस कुनै बेला अभिनेत्री निशा घिमिरे यति राम्रो स्टेज प्रश्तुती दिने गर्द थिन् उनको केही साल पहिलेको भिडियो..
प्रतिकृया दिनुहोस्