Monday, October 19

क्षयरोग नभएकालाई क्षयरोगको औषधी ? मन्त्रीले आफ्नै ड्राइभरलाई ठगे ! (भिडियो)-सिधाकुरा जनतासँग

ल्याबको गल्ति ? क्षयरोग नभएकालाई क्षयरोगको औषधी ?

ललितपुरको एडी ल्याबले हुँदै नभएको रोग देखाएर बिरामीलाई थप समस्यामा पारेको छ । ललितपुरका ७० बर्षिय कृष्णलाल श्रेष्ठ बिरामी परेपछि ल्याब टेष्टका लागि स्थानिय इमाडोलको शुशिला फर्मामार्फत एडी ल्याबमा पुगेका थिए ।

एडी ल्याबले उनलाई क्षयरोगको संक्रमण देखाएपछि उनि भतmपुरको क्षयरोग उपचार केन्द्रमा पुगेर एडी ल्याबकै रिपोर्टका आधार औषधी चलाए ।

तर औषधीले कम हुनुको साटो उनको व्याथा झन बढेपछि क्षयरोग मापनको उच्च प्रबिधि जिन एस्र्पोट मार्फत पुन चेक गराए । तर त्यहाँ त उनलाई क्षयरोग नै नभएको रिपोर्ट आयो ।

त्यसपछि क्षयरोगको औषधी रोकेपछि बरु उनलाई कम भयो । पिडित पक्षले यस बारे ल्याबका सञ्चालक बिनोद कपारीलाई जानकारी गराए । तर उन्ले आफ्नो गल्ती मानेन्न ।

उन्ले आफ्नो गल्ती नमानेपछि हामीले कृष्णलालको स्मिएर पुनः टिचिंङ अस्पतालको माइक्रोबायोलोजी बिभागमा पुन चेक गरायौ ।
जसम क्षयरोगको मात्र ३ भन्दा बढि देखियो । तर एडी ल्याबको रिपोर्टमा भने ओकेजन्ली सिन देखिएको थियो । यसबाट ल्याबको गल्ती मात्र देखिदैन् विरामीको स्मिएर पनि साटेर ल्याएको स्वास प्रश्वास विशेषज्ञ डक्टर निरज बम बताउँछन् ।

बिशेषज्ञ डा बमका अनुसार एकै व्यक्तिको ल्याबको रिपोर्ट र स्लाईटको रिपोर्ट फरक देखिनुमा ल्याबकोे बदमासी भएको बताउँछन् ।

हामीले यसवारे ल्यावका सञ्चालक बिनोद कपारीलाई लानकारी गराएपछि उन्ले कष्णलालकी छोरी प्रविनालाई भेटी आफ्नो गल्ती भएको र आफु क्षतिपुर्ती भर्न तयार रहेको भन्दै यो विषयलाई टिभीमा नदेखाउन बताए ।

एडी ल्याब मात्र होईन यस्ता धेरै ल्याबहरु छन् जसले बिरामीको स्वास्थ्यसंग खेलबाड गरिरहेका छन् ।

मन्त्री खगेन्द्र प्रसाईले आफ्नै चालकलाई ठगेपछि !

हामीले कार्यक्रममा पटक पटक बिभिन्न वहानामा सर्वसाधारणलाई ठगी गरी भाग्ने व्यक्तिहरुको बिषयमा रिपोर्टीङ गर्दै आएका छौँ ।
विदेश लैजाने वाहाना देखि नेपालमा विभिन्न जागिर लगाइदिने आश्वासनमा विभिन्न व्यक्तिहरुले पैसा असुलेर फरार हुने गरेका छन् ।
तर यी लमजुङ बेसिशहरका दुर्गा परियार भने मन्त्रीबाटै ठगीए ।

२०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा नेकपा मालेका तर्फबाट संस्कृत तथा पर्यटन मन्त्री भएका खगेन्द्र प्रसाईको गाडी चलाउने परियारलाई किर्ते जग्गा बेचेर मन्त्रीले नै ठगेका हुन् ।

१० बर्षसम्म साउदी अरेबीयमा पसिना बगाएर स्वेदश फर्किएका दुर्गा परियारले संयोगबश उनै मन्त्रीको गाडी चलाउने काम पाए ।
इही दौरानमा पुर्व मन्त्री प्रसाईले दुर्गालाई भएको पैसा जग्गामा लगानी गर्न लगाएर आफ्नै जग्गा दिने आशा देखाए ।

मन्त्री जस्तो व्यक्तिले सस्तोमा आफ्नै जग्गा मिलाइदिने भनेपछि दुर्गा परियार पनि चुपचाप जग्गा किन्न पुगे । भतmपुर सिपडोल स्थीत चल्तीमा प्रति आना ४ लाख पर्ने जग्गा परियारलाई २ लाखमा दिने भन्दै ४ आना जग्गाको कागज बनाए ।

बसन्त स्याङतानको जग्गा भएको भन्दै एक महिनापछि जग्गा पास गरिदिने भन्दै उनले तत्कालै साढे २ लाखको कागज बनाए भने थप साढे २ लाख ऋण स्वरुप मन्त्री प्रसाइले लिए ।

त्यसपछि महिना बिते, बर्ष पनि बिते तर मन्त्रीले उनको जग्गा पास गरिदिएनन् । पछि मालपोतमा गएर हेर्दा उनले किनेको भनिएको जग्गा किर्ते रहेछ । बसन्त स्याङतानको भनिएको जग्गा त धर्मरत्न शाक्य र श्यामरत्न शाक्यको रहेछ ।

आँफु मन्त्रीबाटै ठगीएको थाहा पाएपछि उनले अदालतमा मुद्वा पनि हाले । ठगीको केस चलेपछि पुर्व मन्त्री प्रसाई २४ दिन हनुमान ढोकाको जेलमा पनि बसे ।

तर पछि अदालतले धरौटीमा छाडिदियो । उनको पैसा अन्य २ व्यक्तिले भुतmानी गर्नुपर्ने भनि फैसला भयो । भुक्तानी गर्नुपर्ने भनिएको बसन्त स्याङतान श्यामकाजी स्याङतानलाई उनले राम्रोसँग भेटेका पनि छैनन् ।

अहिले पनि खानेपानी मन्त्रालयको गाडी चलाउँदै आएका उनलाई परिवार पाल्न मुस्कील छ । रगत पसिना बगाएर बिदेशमा कमाएको पैसा पुर्व मन्त्रीले नै ठगे पछि अहिले छोराछोरी बिरामी पर्दा समेत उपचार गर्न समस्या पर्छ दुर्गा परियारलाई ।

अहिले पनि समयमा समयमा पुर्व मन्त्रीलाई उनले सम्पर्क गर्दा काठमाडौ आएर मिलाइदिने बताउँछन् । तर ७ बर्ष भईसक्यो उनि भने कहिलै आएन्न ।

हाम्रै कार्यालयमा बसेर फोन गर्दापनि मन्त्रीले आँफु काठमाडौ आएर मिलाउने भन्दै टारे । -न्युज२४नेपालबाटसाभार |