Saturday, March 25

बेवारिसे लासहरुको दाहासं, स्कार गरेर चर्चित सपना मगरको यस्तो प्रश्नले धमला परे ‘अक्क न बक्क’ ! (भिडियो सहित)

2020-11-27 2227

काठमाण्डौ । बेवारिसे लासहरुको अन्तिम दाहासंस्कार गरेकै कारण एउटी साहासी नारीको रुपमा सपना रोका मगरलाई बिबिसीले विश्वका १०० प्रभावशाली महिलाको सूचिमा राखेपछि अहिले उनी चर्चाको शिखरमा छिन् । उनलाई यतिबेला विभिन्न सञ्चारमाध्यमहरुमा अन्तवार्ता दिन भ्याई नभ्याई भएको छ ।

बिबिसीले छनौट गर्दा सपना गाउँम थिईन् । आफुलाई बिबिसीले विश्वका १०० प्रभावशाली महिलाको सूचिमा राखेको खबर सपनाले गाउँमै छँदा थाहा पाएकी हुन् । सो कुरा थाहा पाउने बित्तिकै सपनाले नेटको व्यवस्था गर्दै लाईभमा आएर सबैलाई धन्यबाद दिएकी थिईन् । कति सोशल मिडिया त उनीसंग अन्तरवार्ता लिनकोलागी उनको गाउँमै पुगेका पनि थिए । कतिले भने सपनाको लाईभ भिडियोलाई आधार मानेर समाचार बनाएका थिए ।

पछिल्लो समयमा भने सपना काठमाण्डौमा फर्किएकी छिन् । उनी काठमाण्डौ फर्किए लगत्तै पत्रकार रिसी धमलासंग अन्तवार्तामा बसेकी छिन् । उक्त अन्तरवार्तामा सपनाको मन जति आँट र साहासले भरिएको छ त्यो भन्दापनि कयौं गुना बुलन्दित आवाजको प्रस्तुति रहेको देख्न पाईयो ।

त्यही बुलन्दित पारामा सपनाले रिसी धमलालाई नै उल्टै प्रश्न पनि गरिन् । अन्रवार्ताकै क्रममा सपनाले भनिन्,‘तपाईँको यही कार्यक्रममा आएर प्रधानमन्त्रीले भन्नु भएको होईन र ? हाम्रो देशमा कहींकतै पनि बेवारिसे लासहरु छैनन् भनेर ? आज मलाई तिनै बेवारिसेहरुको अन्तिम दाहा संस्कार गरेको भन्दै बिबिसीले छान्नु भनेको हाम्रो देशमा बेवारिसे लासहरु र मान्छेहरु छन् भन्ने नै हो नि ? अब तपाईँले प्रधानमन्त्रीलाई यो विषयमा कस्तो प्रश्न गर्नु हुन्छ ?’ सपनाको यो प्रश्नले पत्रकार धमला एकछिन् सम्म त अक्क न बक्क परिरहे ।

हेर्नुहोस भिडियो अन्तरबार्ता ….

प्रतिकृया दिनुहोस्