Friday, September 24

अमेरिकामा स्कूलको पहिलो दिन- सबै गाडी रोकिन्छ जब स्कूल बस आउछ- यो प्रणाली नेपालमा पनि लागु गरे कस्तो हुन्थ्यो होला (भिडियो सहित)

2021-09-10 145

अमेरिकामा स्कूलको पहिलो दिन- सबै गाडी रोकिन्छ जब स्कूल बस आउछ- यो प्रणाली नेपालमा पनि लागु गरे कस्तो हुन्थ्यो होला (भिडियो सहित)

युट्युब एक अमेरिकी भिडियो साझेदारी सेवा हो । यसको प्रधान कार्यालय सान ब्रुनो, क्यालिफोर्नियामा अवस्थित छ । यसलाई फेब्रुअरी २००५ मा पूर्व पेपलका कर्मचारी चाड हली, स्टिभ चेन र जावेद करिमले संयुक्त रूपमा स्थापना गरेका थिए ।

नोभेम्बर २००६ मा अमेरिकी कम्पनी गुगलले यसलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो । युट्युब हाल गुगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ ।

युट्युबले विभिन्न खाले भिडियोहरू समावेश गर्छ । त्यसैले मिडियाको साधन बनेको छ । यसले सञ्चार माध्यमलाई व्यापक बनाएको छ । अहिले सबैको लागि सहज सञ्चार माध्यम बनेको छ । युट्युबलाई विश्वका सबै मानिसले आ–आफ्नै तरिकाले प्रयोग गर्न सक्छन् । कसै–कसैले दुरुपयोग गरी कमाइखाने हतियारसमेत बनाएका छन् ।

(युट्युबर)
क्याम्ब्रिज शब्दकोश अनुसार युट्युबका लागि भिडियो बनाउने र भिडियोमा देखिने व्यक्ति युुट्युबर हो । युट्युबमार्फत् पेशा, व्यवसाय गर्ने व्यक्तिलाई युट्युबर भनिन्छ । युट्युबरहरूले पत्रकारिता, शिक्षण, तालिम, विज्ञापन, मनोरञ्जन तथा विभिन्न प्रकारका भिडियोहरू युट्युबमा समावेश गरी भ्युज र सस्क्राइवको आधारमा मुद्रीकरण भई आर्थिक लाभ गर्दछन् ।

आम सञ्चारमा प्रविधिमा आएको तीव्र विकाससँगै नेपालमा पत्रकारिता क्षेत्रमा पनि आमूल परिवर्तन आएको छ । प्रविधिलाई उच्चतम् प्रयोग गर्दै युट्युबरहरू च्याउसरी उम्रदै आएका छन् । युट्युबमार्फत् पत्रकारिता गर्नेको लर्काे छ । प्रविधिको गलत प्रयोगले अनलाइन पत्रकारिताको गुणस्तर पनि खस्कँदै गएको छ ।

कुनै बेला पत्रकारलाई उच्च सम्मानका भावले हेरिन्थ्यो । हाल सूचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जालले गर्दा पत्रकारिता क्षेत्र पूरै धमिलिएको छ । अझ युट्युबे पत्रकार भनेपछि घृणाको दृष्टिले हेर्न थालिएको छ ।

किनभने केही युट्युबरहरूले आफ्नो भिडियो भाइरल बनाउने होडबाजीमा समाजमा भएको हिंसा, आतङ्क र जघन्य अपराधजस्ता गतिविधिलाई प्रश्रय दिने, आत्महत्या दुरुत्साहन, पारिवारिक द्वन्द्व, व्यक्तिको गोपनीयता, गरिबीपन, अज्ञानतामाथि व्यापार गरी डलर कमाइरहेका छन् ।

सञ्चारमा युट्युबर
नेपालमा दोस्रो जनआन्दोलनपश्चात् लोकतन्त्रको अगमनसँगै नेपाली पत्रकारिता पनि फस्टाउन थाल्यो । विगतमा छापा पत्रकारिताको चलन थियो भने अहिले सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा अनलाइन पत्रकारिता विकसित हुँदै गइरहेको छ । सूचना प्रविधिमा आएको तीव्र विकासले पत्रकारिता क्षेत्र द्रुत गतिमा विकास हुनु स्वभाविक नै हो । आम जनतालाई सूचना प्रदान गर्नको साथै राज्यको विशिष्ट पदमा बसेर सरकार चलाउनेहरूलाई समेत खबरदारी गर्ने भएकोले पत्रकारलाई राज्यको चौथो अङ्गको रूपमा हेर्ने गरिन्छ । प्रविधिको विकाससँगै पत्रकारिताको क्षेत्रमा पनि विकास भएको छ । युट्युबमार्फत् विभिन्न ताजाताजा सञ्चार सामग्रीहरू अपडेट भइरहेका छन् ।

युट्युबबाट सही सूचना सम्प्रेषण गर्ने, शान्त र संयम पाराले बेथितिको खबरदारी गर्ने, घटना तथा कार्यक्रमको रिपोर्ट तयार गर्ने गर्छ भने उसलाई पत्रकार भनिन्छ । तर, आफ्नो स्वार्थको लागि भ्युज, बढाएर डलर कमाउने हिसाबले भ्रामक तथा तथ्यहीन कुराहरू समेटेर अतिरञ्जित हेडलाइन बनाई भाइरल बनाउँछ भने उसलाई पत्रकार मान्न सकिँदैन । कतिपय युट्युबरले आफूलाई पत्रकार बताउँदै पत्रकारिताको धज्जी उडाउँदै हिँडेको पनि पाइन्छ । केही युट्युबरहरू आफ्नो हरेक भिडियोमा आफू पत्रकार भएको दाबीसमेत गर्ने गरेको पाइन्छ ।

सबै युट्युबर खराब हुँदैनन्, केही युट््युबर जेन्युइन पनि छन् । जो समाज र राष्ट्रको लागि राजनैतिक गतिविधि सार्वजनिक नीति, विकृति विसङ्गति र भ्रष्टाचारसम्बन्धी विश्लेषण वा रिपोर्टिङ गर्छन् । विकसित प्रविधिको सही प्रयोग गर्दै पत्रकारितामा प्रवाह गर्ने सूचना सत्य–तथ्यमा आधारित रहेर देश विकासका लागि हरेक क्षेत्रमा रहेको समस्याको समाधान गर्न सक्ने क्षमता हुनुपर्छ ।

प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा आएका केही विकृति विसङ्गतिलाई सहज र सामाजिक तथा देश विकासका निम्ति सकारात्मक रूपमा सदुपयोग गर्नु पर्दछ । प्रविधिलाई दुरुपयोग गरी व्यापार गर्नेहरूलाई सरकारले अनलाइनसम्बन्धी आवश्यक कानून बनाएर चाँडोभन्दा चाँडो नियन्त्रण गर्नु पर्दछ ।

अमेरीकामा रहनुहुने सुजन ढकालले युट्युब र फेसबुकमा भिडियो हाल्न थाल्नु भको धेरै भको छैन। यतिबेला उहाँको भिडियोहरु दर्शकले खुब रूचाउने गर्दछन् , विश्वभरबाट नेपालीहरूले उहाँको भिडियोलाई हेर्ने गर्छन्। भिडियोमा प्रस्तुत हुने सामाग्री यस्ता छन् हेरौ तलको भिडियोमा नै।

प्रतिकृया दिनुहोस्