Friday, September 24

सा’मूहिक ह ’त्याका’ण्डको दो’षी लोकबहादुर कार्कीलाइ प्रहरीद्वारा सार्बजनिक

2021-09-12 222

एकै परिवारका ६ जनाको ह’त्या आरोपी लोकबहादुर कार्कीलाइ सार्बजनिक गरिएको छ । प्रहरीले मादी ह’त्या’काण्डमा सं’लग्न अ’भियुक्तलाई भर्खरै सार्वजनिक गरेको हो । प्रहरीले एकै परिवारका ६ जनाको ह’त्या गर्ने लोक बहादुर कार्कीलाई आज इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हो ।

परिवार नै सखाप हुने गरी भएको सो ह’त्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण श’क्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिन सम्म सा’मूहिक ह’त्यामा सं’लग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन ।ह’त्या’रा भने अनुसन्धानमा ख’टेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाइरहेको जस्तो भूमिका खेलेर प्रहरीसँगै घु’लमिल थिए ।

उनी थिए मृ’तक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की। शुक्रबार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरुदेखिनै प्रहरीले श’ङ्काको घेरामा राखेको थियो । तर ठो’स प्रमाण फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन ।

अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर पक्राउ परे ।तेजबहादुरको श’व सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्तिसमेत उनै लोकबहादुरले हुन् । घ’टनाको रिपोर्टिङका लागि पुग्नेहरू पत्रकार तथा स्थानीयले उनलाई खोजे । उनले घटनाबारे थुप्रै अन्तर्वातासमेत दिएका छन् ।

‘बडाउ तेजबहादुरको दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वातामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शं’काको मान्छे कोही छैन मेरो विचारमा । बडाउ एकदमै सहयोगी समाजसेवी हुनुहुन्थ्यो ।’ तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले ‘सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘रि’सइबीले नै हो कि जस्तो छ । यो घटना ग’म्भीर छ ।’

एउटा परिवारको पुरै वं’श स’खाप हुने गरी भएको सा’मूहिक ह’त्या’काण्डले सबैको ध्यान तानेको थियो । यो क्रममा घ’टनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले स’हजीकरण समेत गर्ने गर्दथे । यहाँसम्म कि उनले अनुसन्धान टोलीलाई खाना पकाउन पनि स’घाइरहेका थिए ।

उनीहरूलाई सागसब्जी जु’टाउन पनि सहयोग गरिरहेका थिए ।उनले ब’डाबाबु (तेजबहादुर कार्की) सहित ६ आफन्त गुमाउनुपरेकोमा बि’लौना गर्दै तेजबहादुर सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको बताउँदै आएका थिए । घ’टना घटेको दिन मृ’तक तेजबहादुरलाई पहिलो पटक उनैले देखेर ह’ल्ला गरेका थिए ।

अन्ततः तनिै लोकबहादुर सा’मूहिक ह’त्याका’ण्डको दो’षी बने । लोकबहादुर मृ’तक तेजबहादुरका साइनोमा भतिजो हुन् ।मृ’तकको घरदेखि करिब १ एक सय मिटरको दूरीमा अ’भियु’क्त कार्कीको घर छ ।

प्रतिकृया दिनुहोस्