Friday, September 24

घट्यो सुनको मुल्य , तोलामा यसरी कारोबार हुँदै…

2021-09-12 155

काठमाडौं, २७ भदौ/साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आइतबार चार सय रुपैयाँले घटेर ९० हजार तीन सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार चार सय २० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७६ हजार नाै सय ९० रुपैयाँ कायम भएको छ ।

महासंघले आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार एक सय ९५ रुपैयाँ तोकेकाे छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ४२ रुपैयाँ ५० पैसा तोकिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय १५ रुपैयाँ थियो ।

यो पनि… आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ साउदी,कतार, मलेसिया लगायत देशको बिनिमय दर

…… नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर भन्ने बुझन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

आजको मुद्राको दर यसप्रकार रहेको छ………

प्रतिकृया दिनुहोस्