Saturday, October 31

माघे जाडोले कठ्याग्रिएका तराईका जनतालाइ न्यानो कम्बल बाँड्दै एमाले नेता लालबाबु पण्डित…

माघे जाडोले कठ्याग्रिएका तराईका जनतालाइ न्यानो कम्बल बाँड्दै एमाले नेता लालबाबु पण्डित, उनले झनै लोकप्रियता कमाउँदै…

काठमाडौँ : मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद् एवम् नेकपा एमाले नेता लालबाबु पण्डित कम्बल बोकेर वितरणका लागि मोरङका विभिन्न क्षेत्रमा पुगेका छन्।

 

शीतलहर र अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भइरहेका बेला पण्डितले कम्बल वितरण गरेका हुन्।

 

पण्डितले सोमबार विराटनगर महानगरपालिका वडा नम्बर ६ र ९ तथा बुढीगंगा गाउँपालिका वडा नम्बर २ मा कम्बल वितरण गरेको छ ।

 

यस्तै मंगलबार बिहान विराटनगर ११ मा वितरण गरेको र दिउँसो १२ नम्बर वडामा वितरण गर्ने तयारीमा रहेको उनले बताए।

 

करिब ५ सय थान कम्बल वितरणका क्रममा रहेको र थप संकलन भइरहेको उनले बताए। अनेरास्वियुको व्यवस्थापन र आफ्नो पहलमा संकलन गरेकाले आफ्नै निर्वाचन क्षेत्रमा वितरण गरेको उनले बताए।

from Gorkhali Khabar