Wednesday, October 20

बुबालाई लिन काठमाडौ पुगेकी बिनिता एक्का’सी के भयो-सुटिङ्गमै रोहिन फकाउनै गार्हो (भिडियो हेर्नुस्)

2021-09-24 128

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।

अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।

बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठमाडौ गएकी छिन् ।

उनी अहिले काठमाडौमा विभिन्न कलाकारसंग संगीतिक छायांकनमा बेस्त छिन् र भिडियो खेल्ने क्रममा उनले आमा बनेकी सरस्वती फुयाललाई आफ्नै आमा सम्झिएर धुरु धुरु रु एर सबैलाई भा वुक बनाइन् ।

तलको भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्