Wednesday, October 20

’’भिनाजु भन्दै मस्किँदै थिई, अन्त्यमा त सौता बनेर आइ -सौता जस्तो लाग्दैन” दिदी-बहिनीले खोले यसरी पोल (भिडियो हेर्नुहोस्)

2021-09-24 135

सामाजिक संजालमा बेला बेला विभिन्न कुराहरु भाइरल हुने गर्दछन । सामाजिक संजाल टिकटकमा अहिले यस्तै एउटा भिडियो भाइरल भएको छ । जसमा एक श्रीमानका दुई श्रीमती देख्न सकिन्छ । सौता सौता मिलेर घर परिवार चलाउन पनि सकिन्छ भन्ने खालको संदेश दिने उक्त भिडियो धेरैले मन पराएका छन । केहिले भने त्यसलाई नकारात्मक टिप्पणी पनि गर्ने गरेको देखिन्छ ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका स्थित भुरिगाँउ घर भएकी बन्दना सपकोटाले आफ्नै भिनाजुसगँ बिबाह गरिन । त्यो बेला के हुन्छ कसो हुन्छ आफुले नबुझेको उनी बताँछिन ।

सुरु सुरुमा धेरै मन दुखे पनि अहिले सबै कुरा मिलेर बसेकोले धेरै नै खुशी लाग्ने गरेको जेठी बालिका सापकोटाले बताईन । बहिनी सौता बनेर आउदा आफुलाई दुख लागेको, रिस उठेकोले सुरु सुरुमा झगडा गरेता पनि अहिले त्यस्तो केही नभएको उनी बताउँछिन ।

पहिलेदेखि नै दिदिको घर आउदा भिनाजु साली जिस्किने बोल्ने गरेता पनि आफुले यस्तो केही होला भन्ने कुनै सोच नभएर खासै वास्ता नगरेको बालिकाको भनाई छ । तर पछि पछि श्रीमानले बहिनिसगँ निरन्तर फोन सम्पर्क गर्न थालेपछी भने कहिले काहीँ झगडा हुने गर्न थालेको उनी सुनाउँछिन ।

बिबाह नै गर्ने सोचले नबोलेता पनि पछि बोल्दै जादाँ प्रेम भएपछी छुटाउन नसकेकोले बिबाहलाई स्वीकार गरेको बालिका बताउँछिन ।

फोनमा बोलेता पनि बहिनी यसरी सौता बनेरै आउली भन्ने चै आफुलाई त्यो बेला नलागेको र श्रीमानले पनि उमेर जाने बेला हुन लाग्यो, छोराछोरी ठुला भै सके यस्तो बेला ल्याउनुहुन्न होला भन्ने लागेको उनी बताउँछिन । तर अरुले भने यसरी बोल्छन बहिनी सौता बनेर आउली है भन्दै भन्ने गरेको उनले बताईन । यस्तै कुरा आउदा बहिनिलाई जिस्केर आइजन त मिलेर बसौला भनेको तर बहिनिले त्यसलाई साच्चै नै ठानेकी रहिछ र आएकी हो कि भन्ने आफुलाई लागेको उनी बताउँछिन ।

तर बिस्तारै उनिहरुले एक अर्कालाई स्वीकार गरेर मिलेर परिवार चलाउने सोच बनाए । अहिले उनिहरु सौता सौता नभै दिदी बहिनी हुदाँको जस्तै माया र सम्बन्धमा छन ।

आफुहरुको जस्तो राम्रो सम्बन्ध सौता सौता सबैको नहुने भएकोले कतै टिकटकमा भिडियो बनाउदा भाइरल हुन्छ कि भनेर सुरुमा बबाएको बन्दनाले बताईन । सबैले भिडियो मनपराए पछि भने आफुहरुको सम्बन्धबाट अरुले पनि केही सिकुन भन्ने सोचले भिडियो बनाउन थालेको उनको भनाई छ ।

भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्