Wednesday, October 20

७० वर्ष देखि हरा, एका व्यक्ति कस्तो अवस्थामा के गर्दै छन त ? काहानी सुनाउदा सबैको आँशु झर्यो (भिडियो हेर्नुस)

2021-09-24 126

अहिले हामी संसार भर जहाँ भए पनि आफ्ना आफन्त, साथिभाईसगँ केही क्षणमै सम्पर्क गर्न सक्छौ । तर केही समय अगाडि सम्म अवस्था यस्तो थिएन । एक अर्काको खवर पाउन पनि महिनौ लाग्ने गर्दथ्यो । अहिले हामी जहाँ भए पनि पल पल सम्पर्कमा रहन सक्ने अवस्थामा छौ । तर एक ब्यक्ति अहिले बिगत ७० वर्ष भन्दा अगाडिबाट नै हराइ रहेका छन । उनको अहिले सम्म कुनै खबर छैन ।

पुर्खौली घर लमजुङको थानसिन घर भएका माइला गजे नामले चिनिने ती व्याक्ती अहिलेसम्म भेटिएका छैनन । उनका आफन्तले अहिने खोजि गरिरहेका छन । पुर्खैली घर लमजुङबाट युवा उमेरमा परिवारसगैँ तनहुँको झारगाउँ आएका थिए। त्यहा बिहे गरेका माइला गजेको परिवार त्यहाँबाट पनि बसाइँसराइ गरि चितवन आएर बस्न थालेको थियो । बिबाह भएता पनि कुनै सन्तान नभै नै उनकी श्रीमतीसगँ छुटिए पछि उनी बेपत्ता भएका थिए ।

पोखरा महानगरपालिका – 17, घारीपाटन घर भएकी बिना गुरुङ अहिले आफ्नो ठूलो बुवाको खोजी गरिरहेकी छिन । आफुले आफ्नो ठुलोबुवालाइ कहिल्यै नदेखेको बिना बताउँछिन । बिनाका बुवा जुठामान गुरुङले नै बिनालाई ठुलिबुवाको बारेमा भनेको बिनाले बताएकी छिन । बिनाका बुवा पनि बिगत आठ वर्षदेखि प्यारालाइसिस भै कतै हिडडुल गर्न तथा बोल्न नसक्ने अवस्थामा भएको बिना बताउँछिन । बुवाको त्यो अवस्था हुदाँ एकपटक भए पनि दाजु भाईको भेट गराउँन पाए आफुलाई र बुवालाई सन्तुष्टि मिल्ने उनी बताउँछिन ।

बिनालाइ उनका बुवाले भने अनुसार ठुलोबुवाको छोराछोरी नभएको उनले सुनाइन । बिहे गरेता पनि श्रीमतिले छोराछोरी नभै नै छोडेकोले कुनै सन्तान थिएनन । त्यहाँबाट घर छोडेका माइला गजे कतै गएर बिहे गरेर बसेको या नबसेको कुनै खबर अहिले सम्म थाहा नभएको बिनाका बुवाले आफुलाइ बताएको बिनाले सुनाइन । सानै हुदा आफू जान नसक्ने तथा बाजे र बुवाले पुर्खौली घर नलगेकोले अहिले आफु त्यहा कसैलाई नचिन्ने भएकोले नगएको उनी बताउ छिन । अहिले भने उनी आफै मृगौला रोगी छिन ।

यदि ठूलो बुवा कतै बिबाह गरि बसेको भए र ठुलोबुवा अझै भए सम्पर्कमा आउन र दाजुभाई भेट गर्न उनले अनुरोध गरेकी छिन । यदि ठुलोबुवा नभए त पनि उहाँ सन्तान कोहि भए ता पनि सम्पर्कमा आउन उनले आग्रह गरेकी छिन । बिरामी हुनु भन्दा अगाडिसम्म बुवाले ठुलोबुवाको कुरा कहिलेकाँही गर्ने गरेकोले एकचोटी यो उमेरमा भए पनि भेट गराइदिन पाए आफुलाई ठुली सन्तुष्टि मिल्ने उनी बताउँछिन । युवा उमेरमै ठुलोबुवा हिडेको हुनाले कतै गएर बिबाह गरि बसेको हुनसक्ने उनको अनुमान छ ।

भिडियो हेर्नुस…

प्रतिकृया दिनुहोस्