Wednesday, October 20

टिक-टक चलाएरै नेत्रले बनाए ७० लाखको घर, त्यो बेला सबैले बौलायो भनेका थिए (भिडियो हेर्नुस)

2021-09-30 170

सामाजिक संजाल टिकटक अहिले धेरैको रोजाईमा पर्न थालेको छ । टिकटकको प्रयोगकर्ताहरु अहिले करोडौं छन । नेपालमा पनि पछिल्लो समय टिकटक प्रयोगकर्ताको संख्या बढ्दो छ । टिकटक मै आफ्नो प्रस्तुति देखाएर भाइरल भै विभिन्न क्षेत्रमा अवसर पाउनेहरु पनि थुप्रै छन अहिले । त्यस्तै टिकटकबाटै लाखौ कमाउनेहरु पनि अहिले भेटिन थालेका छन । यिनै मध्यका एक हुन नेत्र भुसाल ।

आजभन्दा तीन वर्ष अगाडि म्युजिकल्ली बाट उनले सुरु गरेका थिए । त्यो अवस्थामा नेपालमा लाईभ बस्ने कोहि हुदैन थिए । सायद नेपालमै लाइभ बस्ने नेत्र पहिलो ब्याक्ती हुन । नेपालमा लाईभ भएको कोहि नदेखेको उनले बताए ।

केही समय पछि नाम परिवर्तन भएर टिकटक भयो । त्यस पछि भने यस्को प्रयोकर्ता बढ्न थाले साथै लाइभ बस्नेहरु पनि थुप्रै हुन थाले । पहिले देखि नै टिकटक लाइभ बसे पनि पैसा आउने रहेछ भनेर चै युट्युव हेरेर थाहा पाएको नेत्र बताउँछन ।

६ वर्ष अघि बाबुको मृ’त्यु भए पछि घरको जेठो भएकोले सम्पुर्ण घरको जिम्मेवारी उनी माथी आयो । ढुङ्गाले छापेको घर पनि चर्किएर घामपानी राम्रोसगँ छेक्न नसक्ने हुन थाल्यो । तर उनिसगँ त्यसलाई मर्मत गर्न केही थिएन । एकातिर बाबुको शो’क अर्को तिर घरको जिम्मेवारि साथै घर ब्याबहार र पढ्नका लागि लिएको ऋण बढ्दै गएको अवस्थामा नेत्रले टिकटक आए पछि त्यसलाई आफ्नो पी’डा पोख्ने माध्यम पाए । पछि त्यसैले उनलाई लाखौको मालिक बनाईदियो ।

लाईभ बस्दा बस्दै उनलाई त्यो आनन्द दिने माध्यम बन्यो । बिदेशीहरुले लाइभ बस्दा गिफ्ट पठाइदिन्थे । तर त्यो गिफ्ट त पैसा पो रहेछ भन्ने नेत्रले पछि थाहा पाए । त्यसपछी भने दिनको ६/७ घण्टा उनी टिकटक लाइभ मै बिताउन थाले ।

उनी त्यसरी घरमा ६/७ घण्टा टिकटक लाइभमा बोल्दै बसेको देखे पछि धेरैले बौ’लाएको भन्न थाले गाउँघर तिर । तर पनि उनले आफ्नो काम गर्न भने छोडेनन । नेत्रले कुनै दिन ७१ हजार भन्दा धेरै कमाएको बताए । उनले अहिले दुई तलाको घर बनाएका छन । जसमा ७० लाखभन्दा धेरै खर्च भएको बताए । जुन सबै ३ वर्षमा टिकटकबाट उनले कमाएका हुन ।

पुरानो घर सबै तिर भत्किन थाले पछि ६ वर्ष अघि नेत्रका बुबाले आफू रिन काडेर नै भए पनि एउटा पक्की घर बनाएर राख्छु भन्दै आफुहरुलाई उहाको सपना सुनाएको उनले बताए । तर केही समयमै बुबाको गाउँमै र’हस्य’मय तरिकाले श’व भेटिए पछि बुवाको सपना सपनामै सिमित रह्यो । अहिले नेत्रले बाबुको सपना पूरा गरेको बताउँछन ।

बुबाले जहाँ जसरी घर बनाउने सपना देख्नु भएको थियो आफुले त्यहिँ त्यस्तै घर अहिले बनाएकोले बुवाको सपना पूरा गरेको उनले बताए । तर बुवाले त्यो देखेको सपना वास्तविकतामा भने देख्न नपाएको उनको भनाई छ ।

भिडियो हेर्नुस।

प्रतिकृया दिनुहोस्