Wednesday, October 20

बलिउड अभिनेता अनुपम खेर पशुपतिनाथको दर्शन गर्न नेपालमा :यसो भन्छन् हेर्नुहोस भिडियो सहित

2021-10-05 363

काठमाडौं । बलिउड अभिनेता अनुपम खेर यति बेला नेपालमा छन् । बलिउड चलचित्र ‘उचाइ’का लागि नेपाल आएका उनी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगे । पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका हुन्। मन्दिर पुगेर उनले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरेका छन् ।

“काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु । मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” उनले भनेका छन् ।

‘मैंने प्यार किया’ फेम्ड निर्देशक सूरज बडजात्याको नयाँ फिल्म ‘उचाइँ’ को छायांकनका लागि बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन काठमाडौंमा छन् । आइतवार विहान इन्डियन एयरलाइन्सको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरुलाई बौद्धस्थित पाँचतारे होटल हायतमा बस्ने व्यवस्था मिलाइएको थियो ।

नेपाल आउने क्रममा आकाशबाटै कैद गरेको काठमाडौंको भिडियो आफ्नो इन्स्टाग्राममा साझेदार गर्दै अनुपम खेरले स्तूपा र मन्दिरहरुको शहरमा लामो समयपछि आउन पाएकोमा खुसी व्यक्त गरेका थिए । उनी यसअघि २०७१ सालमा कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी र मजदुरका सन्तानलाई सहयोग जुटाउन आयोजित च्यारिटी शोमा सहभागी हुन नेपाल आएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

प्रतिकृया दिनुहोस्