Wednesday, December 8

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक स्कुटी चालक प,क्राउ

2021-10-17 185

उदयपुरमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना स्कुटी चालकलाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीलाई आर्थिक प्र,लोभन देखाई घुस दिन खोजेको अभियोगमा जिल्लाको बेलका नगरपालिका–५ बस्ने प्रेम कुमार राइलाई प्रहरीले पक्रा, उ गरको हो ।

ईकाला प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरबाट घुम्ने स्थित मदन भण्डारी लोकमार्गमा सम्म संयुक्तरुपमा खटिएको प्रहरी टोलीले पुर्वबाट पश्चिम तर्फ जादैँगरेको प्रदेश १–०२–०४२ प.८४२४ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गरेको थियो ।

प्रहरीले सो स्कुटी चेकजाँच गर्दा हेल्मेट समेत नलगाई तीनजना सवार रहेको साथै स्कुटीको सवारी दर्ता किताव , सवारी चालक अनुमति पत्र समेत नभएको र चालकले मादक पदार्थ समेत सेवन गरेको थियो ।

ट्राफिक प्रहरीलाई स्कुटी चालक राईले आर्थिक प्रलोभन देखाई नगद रु पाँच सय घुस दिन खोजेकोले स्कुटी चलाक र स्कुटीलाई ईलाका प्रहरी कार्यालय रामपुरमा ल्याई आवश्यक अनु,सन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उद,यपुरले जनाएको छ ।-पुर्णपोष्टबाट/तस्विर गुगल

प्रतिकृया दिनुहोस्