Wednesday, December 8

“मान्छे अनुसार व्यबहार गर्छु, तासमा कलब्रेक जान्दछु,फलाँस आउँदैन- द्वारिकालाल चौधरी”(भिडियो सहित )

2021-10-20 89

आफ्नो काम,व्यबहार,बोलि र बेलाबेला बिबादास्पद अभिव्यक्तिका कारण परिचित भैरहने एकजना भाइरल मेयर हुन् इटहरी उपमहानगर पालिकाका मेयर द्वारिका लाल चौधरी।उनी एक समय पत्रकारलाई गा’ली गरेर र इटहरीमा रहेर पत्रकारीता गर्दै आइरहेका युवा पत्रकार बिराट अनुपमलाई नाकको डाँडी भाँ’चि’दिन्छु भन्दै थ’र्का’एका कारण पनि चर्चित छन् उनी।

पूर्वतिर त्यसमा पनि इटहरी क्षेत्रतिर लोकप्रिय नेताको छवि बनाएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीको जीवनशिली जति सरल छ,त्यति नि उनको बोली वचन र व्यवहार भने क’डा रहेको छ।कसैसँग न’ड’राउने चौधरी यस्ता मेयर हुन् जसलाई भाइरल मेयर पनि भन्ने गरीन्छ।बेलाबखत आफ्नै बोली र ब्यबहारका कारण चर्चामा आइरहने चौधरी आफूलाई खेती किसानीको छोरो र भुमिपूत्र भन्न रुचाउँछन्।

त्यसो त उनको व्यबहार,काम गर्ने शैली र स्वभाव मन नपराउनेहरू उनलाई हा’वादा’री,रा’क्ष’स मे’यरको रुपमा पनि लिने गर्दछन्।तर जसले जतिसुकै कुरा का’टेपनी उनी जनतामाझ भने निकै लोकपि्रय नेताका रुपमा मानिन्छन्।

दुईदुईपटकसम्म गाउँपालिका अध्यक्ष हुँदै नगरपालिकाको मेयरसमेत बनेका द्वारिकालालको राजनीतिक यात्रा भने अनेरास्ववियु हुँदै नेकपा एमालेको विभिन्न इकाइ हुँदै नेकपा एमालेको पदाधिकारीका रुपमा काम गर्दै अहिले पनि नेकपा एमालेका एक नम्बर प्रदेशका नगर सदस्य रहेका छन्।

यसर्थ उनी पूर्ब प्रधानमन्त्री केपी ओलीका निकट मानि न्छन्।काम गर्नलाई अरुको बाटो नहेर्ने र आफैं अघि सर्ने द्वारिकालाल चौधरीलेआफू कोरोनाले थलिंदा पनि बेडबाटै भएनी कार्यसम्पादन भने गरि नै रहे।

अहिले सम्म पनि उनी गाई वस्तुका लागि कुटी काट्नेदेखि लिएर खोलेकाट्ने सम्मका काम त उनी गर्छन् नै,परिआउँदा डोजर समेत चलाउन पछि पर्दैनन् द्वारिकालाल चौधरी।आज त्यीनै ५४ वर्षीय हक्की एवम् खरो स्वभावका द्वारिकालाल चौधरीसँग केही विषयगत र केही विषयान्तर गफगाफ गर्नको लागि कार्यक्रमको प्रकृतिअनुसार रजतपट अङ्कल भनेर चिनिने प्रकाश सुबेदीले निमन्त्रणा गरेर ल्याउनुभएको छ।

भिडियो:

प्रतिकृया दिनुहोस्