नेपाली लोकदोहोरी क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका बिष्णु माझी र अर्का प्रतिभासाली गायक आर सी सापकोटाले आवाज दिएको बहुप्रतिक्षित लोकदोहोरी गीत सल्लैको धुप राम्रो बजारमा आएको छ।
बिष्णु माझीले गाएको गीतमा पहिलोपटक १० लाख लगानीमा बनेको यो गीतमा, राजेश हमालको दमदार अभिनय रहेको छ । नेपाली दोहोरी क्षेत्रमै सर्वाधिक महँगो लगानीमा निर्माण भएको गीत अहिले नेपाली लोक दोहोरी बजारमा चर्चामा छ।
आर सी सापकोटा र सन्दिप अर्यालको प्रस्तुति रहेको गीतमा झन्डै १० लाख भन्दा बढीको लागानी म्युजिक भिडियोमा देखिन्छ। गीतमा बिष्णु माझीलाई २ लाख पारिश्रमिक दिएर आवाज राखिएको हो। महानायक राजेश हमालको बिशेष भूमिका रहेको उक्त गीतमा दुर्गेश थापा,गरिमा शर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ।
अतिथि भूमिकामा चर्चित सर्जक शिब हमाल समेत देखिएका छन। गीतमा शब्द तथा लय भने रमेश परियारको रहेको छ।गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने सम्पादन दिपक बिष्टले गरेका हुन्।भिडियो आर सी सापकोटा को युटुब मार्फत बजारमा आएको छ।
हेर्नुहोस यो पुरा भिडियो:
प्रतिकृया दिनुहोस्