Wednesday, December 8

तिहारमा देउसी-भैलो खेल्न पाइने तर तोकियो समय

2021-11-03 145

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तिहारमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने समयसीमा तोकेको छ। प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणलाई मध्यनजर गर्दै राति ९ बजेपछि देउसी –भैलो खेल्न नपाइने जनाएको हो ।

जारी सूचनामा भनिएको छ, ‘को’भिड–१९ को संक्र’मणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी देउसी–भैलो, नाचगान लगायत कार्यहरु राति ९ बजेसम्म मात्र सभ्य एवं शान्ति पूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्व जनिक यातायत र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरु नगर्ने/नगराउने ।’

त्यस्तै मादक पदार्थलगायत न’शालु पदार्थ से’वन गरी पर्वको समयमा सार्वजनिक स्थलमा हो–हल्ला, झै–झ’गडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्न र नगराउन आग्रह गरिएको छ।

यसका साथै प्रशासनले पटका, आतिसवाजी जस्ता प्रज्ज्वलनशील एवं वि’ष्फो’टक पदार्थ उत्पादन, ओसारपसार, विक्री वितरण र प्रयोग नगर्न र नगराउनका लागि पनि आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्