Wednesday, September 30

दिपक मनांगे पक्राउ पर्ना साथ एमालेको आयो यस्तो प्रतिक्रिया………..

गुण्डा नाइके दिपक मनांगेलाई एमालेसँग जोडेर हेर्ने गरिएको छ । एमालेमा पार्टी प्रवेश गराएर सोझो रुपमा जिताउन नमिल्ने भएपछी एक्लै चुनाव लडाएर पछी आफूतिर नै समर्थन लिएर सिट गणना गर्ने नीति एमालेले लिएको भनेर विभिन्न आरोपहरु लाग्ने गरेका छन् ।

 

उता एमाले नेता लालबाबु पण्डित भने केहि समय अघि आफु गृहमन्त्री भए ५० प्रतिसत अपराध घटाउँछु भनेर चर्चामा आएका थिए । एमालेले दिपक मनाङे जस्ता नाम चलेका गुण्डालाई समर्थन गरेर जिताएको प्रसङ्गमा सोधिएको प्रश्नमा उनले दिपक मनाङे एमालेको सदस्य नभएको बताएका छन् । यसै बीच अन्तर्वार्ताकै क्रममा उनले कोहि पनि अपराधीलाई दण्डित गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको समेत बताएका छन ।

 

यस अघि दिपक मनांगेको सिट पनि एमाले तिर नै गन्ति हुने भनेर हल्ला समेत चलेको थियो । अहिले मनांगे पक्राउ परेपछि र नवराज सिलवाल बाट पनि एमालेलाई अप्ठेरो परेपछि कुरा बंग्याएको भन्ने आरोप काँग्रेस नेताहरुको छ ।

प्रस्तुत छ, नेकपा एमालेका नेता तथा मोरंग ६ बाट प्रतिनिधि सभामा निर्वाचित उनै पण्डितसँग गरिएको कुराकानी भिडियो हेर्नुहोस |