Saturday, October 24

प्रदेश प्रमुख तथा अस्थायी केन्द्र तोकियो, कहाँ कहाँ पर्यो ? हेर्नुहोस

काठमाडौं– सरकारले  प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ ।  बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो ।
सरकारका एक मन्त्रीका अनुसार  प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा अस्थायी राजधानी तोकिएको छ ।


यस्तै प्रदेश नम्बर ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी केन्द्र तोकिएको पनि ती मन्त्रीले जानकारी दिए ।
विभिन्न  दलका नेता  र स्थानीय स्तरमा प्रदेश राजधानीका विषयमा फरक फरक धारणा र दवाव आन्दोलतहरु भइरहेको बेला सरकारले प्रदेश राजधानी तोकेको हो ।

समाचार स्रोत :-रातोपाटि