Thursday, October 1

सशस्त्र प्रहरीले डोजर लाएर धमाधम चर्चहरु भत्काउन सुरु, हाम्रो सांस्कृति माथि नै हमला भएको भन्दै चर्च बन्द गर्ने नीति शुरु (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

सशस्त्र प्रहरीले डोजर लाएर धमाधम चर्चहरु भत्काउन सुरु ! हाम्रो सांस्कृतिमाथि नै हमला भन्दै चर्च बन्द गर्ने नीति

माओकालिन चीनको झल्को आउने गरी चिनियाँ प्रहरीले चर्चलाई भत्काउन सुरु गरेको छ । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

सी जिनपिङ राष्ट्रपति भएपछि अवैध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने वा बन्द गराउने नीति लिएका थिए । उनले पश्चिम देशहरुले चर्चमार्फत चिनियाँ सांस्कृतिमाथि नै हमला गर्न लागेको भन्दै चर्च बन्द गर्ने नीति लिएको बताइएको छ ।

चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको छ । द न्युयोर्क टाइम्सको अनलाइन संस्करणअनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरेर चर्च भत्काइदिएको समाचार दिएको छ । समाचारअनुसार साङ्सीमा आधा दर्जन चर्च भत्काइसकिएको छ ।

तत्कालिन पार्टी अध्यक्ष माओले पनि जनवादी सत्ताविरुद्ध सांस्कृतिक हमला भएको बताउँदै धार्मिक अखडाहरु भत्काउन आदेश दिएका थिए । अहिले पार्टी प्रमुख तथा राष्ट्रपति सी जिन पिङले पनि माओले जस्तै कदम उठाएको विश्लेषण गर्न थालिएको छ ।

कम्युनिस्ट देश भएका कारण धार्मिक स्वतन्त्रता भएपनि चर्चमार्फत पश्चिमा देशहरुले चिनियाँ संस्कृतिमाथि हस्तक्षेप बढाएको भन्दै डोजर र बम विस्फोट गराएर चिनियाँ सरकारले चर्चहरु भत्काउन सुरु गरेको हो ।

यो पनि पढ्नुहोस् :

– पाँच नम्बर प्रदेशको राजधानीको माग गर्दै दाङमा लगातार आज दोश्रो दिन पनि बन्द हुदा जनजीवन प्रभावित बनेको छ । यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था सबै ठप्प छन् । घोराही, तुलसीपुर, लमही, गढवा, भालुबाङ लगायत मुख्य बजार र सडकमा प्रदर्शन भैरहेको छ ।
बजारका मुख्य चोकमा नाराबाजी र जुलुशहरु भएका छन् । चोकचोकमा टायर बालेर सडक अबरुद्ध गरिएको छ । हालसम्म दाङमा उच्च अदालत, प्रदेश प्रहरी ईकाई र प्रदेश स्तरीय राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

प्रदेशको केन्द्र पर्ने, पर्याप्त भौतिक संरचना र सरकारी जग्गा भएका कारण दाङलाई नै अस्थाई मुकाम तोक्नुपर्ने दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताउनुभयो । राजधानी नतोक्दासम्म अनिश्चितकालिन आमहड्तालको आह्वान गरिएको भुसालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् :

दोलखा । सोनाम ल्होछार तथा गाउँखेत सांगीतिक मेला २०७४ यसपटक सम्पन्न भएको छ । सोमबार दोलखा मेलुङ गाउँपालिका ६ का वडाध्यक्ष कुसुम लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य एवं प्रदेश १ प्रत्यासी उम्मेदवार बर्मा लामा रहेका थिए । लामाले साँस्कृतिक पहिचानलाई जोगाउँदै विकास र समृद्धिको लागि अविचलित नहुन सबैलाई आग्रह गर्दै आफू पनि लाग्ने बताए ।

गाउँखेत पुजास्थल संरक्षण समाजको आयोजनामा भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिएका थिए । कलाकारहरूमा सिद्धार्थ कला केन्द्र जोरपाटीका प्रोप्राइटर एवं नृत्य निर्देशक बुद्ध लामा, गायकहरु निरज लामा, निमा दोङ र आस्मान लोप्चन, हास्य कलाकार बले लामा,

नृत्याङ्गनाहरु सरला सापकोटा, सिर्जना मोक्तान र अनु थापा र स्थानीय कलाकारहरु रुविना लामा, श्याम तामाङ, मिनु तामाङ, म्हेन्दो लामा, नन्दबहादुर तामाङ , निशा घिसिङ, मनिषा सिलवाल, अनिश सिलवाल, धनुष काफ्ले लगायतले आ(आफ्नो प्रस्तुति दिएका छन् ।

समाजको संयोजक चन्द्रवीर तामाङले सञ्चालन एवं डाँडाखर्क नेका सभापति नारायण बहादुर मगरले स्वागत गरिएको उक्त कार्यक्रममा अतिथिहरु नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य चम्पा तामाङ, दानबहादुर तामाङ, नेका जिल्ला सदस्य रुपलाल तामाङ, वडासचिव अर्जुन थापा लगायतले गाउँखेत लक्ष्मण बाजे मन्दिरको संरक्षणमा लाग्ने प्रतिबद्धता जनाए ।

स्मरण रहोस, करिब २५ पुस्तादेखि उक्त मन्दिरमा रहेको लक्ष्मण बाजे देउताले सबैको मनोकांक्षा पुग्ने आस्थाले भक्तजनहरुले माघ १ गते पुजा गर्दै आइरहेका छन् । सोही मन्दिरमा स्थापनाकालदेखि तामाङ समुदायको थोकर बंश मात्रै पुजारी रहिआएको छ ।

यस मन्दिरमा दोलखा अलावा नजिकैको जिल्लाहरु सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर लगायतबाट भक्तजनहरूको घुइँचो लाग्ने गरेका छन् । अन्तरिक तथा बाह्य पर्यटकहरूको सम्भावना रहेको गाउँखेत पूजा स्थललाई संरक्षरण र सम्बर्द्धन गर्न जरूरी देखिन्छ ।

समाचार स्रोत:- फ्रीनेपालीन्युजबाट