Thursday, January 20

आज ह्वात्तै बढ्यो सुनको भाउ !! तोलाको कति पुग्यो त? हेर्नुहोस्..

2021-12-08 154

काठमाडौँ : बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार सात सय पाँच पैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।

यो पनि….प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा जारी कांग्रेस नेताहरुको बैठकमा पत्रकारलाई प्रवेश दिइएको छैन।

कांग्रेसको आसन्न महाधिवेशनका लागि उम्मेदवार छनोट गर्न देउवाले आफूपक्षीय नेताहरुलाई बुधबार निवासमा बोलाएका हुन्।

उक्त बैठकबारे समाचार संकलन गर्न गएका पत्रकारहरुलाई देउवा निवासमा प्रवेश गर्न दिइएको छैन।

बैठकमा देउवापक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापति, संस्थापनपक्षका नेता कार्यकर्ता सहभागी छन्।

बैठकबाट आगामी महाधिवेशनका लागि पदाधिकारीको उम्मेदवार छान्ने तयारी देउवाले गरेका छन्।

कांग्रेस महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्