Sunday, August 9

आइपिएल खेलेर हिंजो मात्र आएका सन्दीपले पाउंदैछन् यस्तो सम्मान…

काठमाडौं, ९ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा उच्चस्तरको प्रदर्शन गरेर देश फर्केका सन्दीपले अहिलेसम्मकै मूल्यवान उपहार पाउने भएका छन् । आइपीएल खेलेर हिजो मात्र नेपाल फर्किएका सन्दीप लामिछानेलाई सिप्रदी ट्रेडिङले कार दिने भएको छ । सिप्रदी ट्रेडिङले सन्दीपलाई आज बुधबार साँझ सोल्टी होटलमा एक कार्यक्रम आयोजना गरेर ब्रान्ड एम्बास्डडर घोषणा गरेर कार उपहार दिन लागेको हो ।

सिप्रदी ट्रेडिङका अनुसार सन्दीपलाई आगामी तीन वर्षका लागि ब्रान्ड एम्बास्डर घोषणा तथा कार प्रदान गर्नका लागि होटल सोल्टीमा साँझ साढे ६ बजे औपचारिक कार्यक्रम गर्न लागिएको हो ।

सिप्रदीले दिन लागेको कारबारेमा विस्तृत विवरण भने खुलाएको छैन । सन्दीपले यो सिजन दिल्ली डेयर डेभिल्सबाट आईपीएलका अन्तिम तीन खेलमा सहभागिता जनाउँदै ५ विकेट लिएका थिए । यसैबीच दिल्लीले सन्दीपलाई आफ्नो क्लबका तीन नयाँ खेलाडीमा सबैभन्दा प्रतिभावान पनि घोषित गरेको छ । सन्दीप आईपीएल खेलेर मंगलबार नेपाल फर्किएका छन् ।