Thursday, January 20

अचम्मको घटना मोरङको धनपालथानमा सुट्केशभित्र चोर भेटिएपछि……(भिडियो सहित)

2022-01-11 130

विराटनगर, २७ पुस । मोरङको धनपालथान गाउँपालिकामा चोरी गर्न घरभित्र पसेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो साढे ३ बजेतिर धनपालथान गाउँपालिका–१ स्थित स्थानीय रमेश मण्डलको घरमा कोही नभएको मौकामा चोरी गर्न पसेकी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोही नभएको मौकामा चोरी गर्न घरभित्र पसेकी धनपालथान गाउँपालिका–७ की २५ वर्षीया रिंकी पासवानलाई सुट्केश भित्र लुकेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए ।

कोही पनि नभएको अवस्थामा घरभित्र पसेकी पासवान घरका मान्छे आएको चालपाएपछि सुट्केश भित्र लुकेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले हाम्रो विराटनगरलाई जानकारी दिए । ‘उनी कोही नभएको बेला चोरी गर्न घर भित्र पसेको र मान्छे आएको चाल पाएपछि सुट्केश भित्र लुकेको भन्ने कुरा छ ।’ उनले हाम्रो विराटनगरसँग भने,‘हामीले नियन्त्रण लिएर अनुसन्धान अघि बढाएका छौँ ।’

प्रहरी नियन्त्रणमा रहेकी महिला गर्भवती रहेको प्रहरीले जनाएको छ ।-हाम्रोविराटनगरबाट।

प्रतिकृया दिनुहोस्