Thursday, January 20

बढ्यो सुनको मुल्य , तोलामा यसरी हुदैछ कारोबार हेर्नुहोस्

2022-01-12 80

काठमाडौं । बुधवार सुनको मूल्य वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाली बजारमा अघिल्लो दिन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९२ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । उक्त दिन चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार २३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्