Thursday, January 20

धुर्मुस-सुन्तलीको अभिनयमा जिग्रीको स्वरमा नयाँ गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक-हेर्नुहोस् (भिडियो सहित)

2022-01-13 224

काठमाडौं – चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वरमा सजिएको नयाँ गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक भएको छ ।

हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अभिनय रहेको उक्त म्युजिक भिडियो मंगलबार युट्युबमा सार्वजनिक भएको हो । धुर्मुस सुन्तली विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको अवसरमा भाई कुमारले नयाँ गीत बजारमा ल्याएका हुन् ।

गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

हेर्नुहोस तलको भिडियोमै….

 

यो पनि.. पशुपति शर्माले करोडौ लगानीमा गाउँमै बनाए महल, शर्माको घरमा पुग्दा जे देखियो , बाबाआमा मात्रै घरमा-हेर्नुहोस् (भिडियो सहित)

लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्माले गाउँमै करोडौ लगानीमा महल जत्रो घर निर्माण गरेका छन।आफ्नै गाउँमा उनले घर बनाएका हुन् भने उनि अहिले राजधानी बस्दै आएका छन।पशुपति शर्माको घरमा पुग्दा निकै रमाईलो समेत भएको छ।उनको बाबा र आमा मात्रै बस्ने घरमा सधै पशुपतिकै मात्र गीत गुन्जिने गर्दछ।

पशुपति शर्मा पछि गाउँनै फर्कने अभियानको साथमा घर बनाएको समेत उनको बाबाले खुलाएका छन भने आमाले पनि आफ्नो छोराको निकै याद आउने र गाउँमै बसिदिए हुने समेत बताएकि छिन।आमाले गीत गाउँदै भनिन ‘छोरालाई गाउँ निकै मन पर्छ जन्मेकै ठाउँमा केहि गरौ भनेर अहिले घर बनाएका हुन्, झन्डै एक करोड खर्चिएर यो घर बनाए तर उनीहरु नै घरमा न हुदा चाहि सुनसान लाग्छ’।

कोरोनाको लहरको समयमा पशुपति शर्मा गाउँमै बसेका थिए।पशुपति शर्माको जेठो दाइ डाक्टर हुन्।दुवै दाजु भाई यो बेला कामको शिलसिलामा बाहिरनै बस्ने गर्छन।पशुपति शर्मा एक प्रख्यात लोकदोहोरी गायक हुन् भने उनले गाएका सबैजसो गीत नेपाली लोकदोहोरी मनहरुले सर्बाधिक रुचाउने गर्दछन।

बाँकी कुराकानी सहितको यो भिडियो हेरौ :

प्रतिकृया दिनुहोस्