Thursday, October 1

६५ वर्षमाथिका वृद्धवृद्धालाई भाडा नलाग्ने…

खोटाङ, माघ ४– खोटाङको दिप्रुङ गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सडक यात्राको व्यवस्था मिलाएको छ वृद्धवृद्धाको सम्मान, हौसला र सहज यात्राका लागि गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गरिरहेका ज्येष्ठ नागरिकलाई

गाउँपालिकाभित्रकै सडक यात्राका क्रममा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाएको हो । दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमी बजार सडकखण्डमा पुस ३० गतेदेखि यात्रुवाहक सवारी साधन आवतजावत गर्न थालेसँगै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

वृद्धवृद्धाको साथमा भएको नागरिकताको आधारमा यातायात व्यवसायीले टिकट काट्ने र सोही टिकटको आधारमा यातायात व्यवसायीलाई गाउँपालिकाले भाडा भुक्तानी गरिदिने गाउँपालिकाले जनाएको छ ।

समाचार स्रोत: सत्यसमाचार|