2022-03-11 531
प्रदर्शन भैरहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ मा समावेश नयाँ गीत रिलिज भएको छ। अर्जुन पोख्रेलको शब्द र संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ।
दोश्रो हप्तामा फिल्म आएसँगै निर्माण टिमले फिल्म को गीत चुपचाप जिन्दगी सार्वजनिक गरेको हो ।
गीतलाई बुढा सुब्बा डिजिटल युट्युब च्यानल बाट रिलिज गरिएको हो । दर्शकको राम्रो साथ पाइरहेको फिल्म हाल सम्मा बक्स अफिसमा ५ करोड माथिको व्यापार गरेको छ ।
फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
तलको भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्