Wednesday, October 21

​‘ऋण नपत्याउने आफन्त अहिले ऋण माग्न आउँछन्’ दिनेशले गरे गरे कमाल अबस्य हेर्नुहोस

दुर्गाप्रसाद भट्टराई/सर्लाही
माघ ४ – सर्लाहीको नेत्रगञ्जका दिनेश साहको तरकारीको व्यापारमा दुई लाख रुपैयाँ डुब्यो । आर्मी ब्यारेकमा ठेक्का लिएर तरकारी पुर्याउने दिनेशले पत्तै नपाई लगानी डुब्यो ।

ऋण गरेर गरेको व्यापारबाट घाटा भएपछि दिनेशले आफन्तसँग सहयोग माग्नुभयो तर कसैले उहाँलाई ऋण दिन मानेनन् । ‘डुबेको मान्छेलाई पैसा दिँदा अझै डुब्छ भनेर होला नी’ दिनेश भन्नुहुन्छ ।

ऋण नपाएपछि व्यापारलाई निरन्तरता दिन सक्ने अवस्था रहेन । दिनेशले त्यसको विकल्प वैदेशिक रोजगारी मात्रै देख्नुभयो । विदेश जान पनि पैसा त चाहिन्थ्यो नै । जुन दिनेशसँग थिएन ।

उहाँले विदेश जाने पैसाका लागि पनि छिमेकी नै गुहार्नुभयो तर त्यहाँ पनि दिनेशलाई निराशा नै हात पर्यो । आफन्त र गाउँले नपत्याएपछि दिनेश विकल्प देख्नुभयो सहकारी । सहकारीले डेढ लाख रुपैयाँ ऋण दिएपछि त्यसमध्ये एक लाख ४० हजार रुपैयाँ एजेण्टलाई बुझाएर दिनेश ९ वर्ष अघि मलेसिया उड्नुभयो ।

मलेसिया जाने बेला व्यापार डुब्नुको तनावसँगै आफन्त र गाउँलेको व्यवहार पनि मनमा बिजेको थियो दिनेशको । ‘यो ऋण पनि उकास्न नसकिने हो कि भन्ने पीर पनि थियो तर त्यो भन्दा धेरै आफन्त र गाउँलेले ऋण नपत्याएको कुराले मन खाएको थियो ।’ दिनेश भन्नुहुन्छ ।

विदेशको काम कडा त हुने नै भयो । त्यसमा पनि आफन्त र गाउँलेको इखले दिनेशले अरु भन्दा धेरै मेहेनत गर्नुभयो । अरुले ३० हजार कमाउँदा दिनेशले महिनाको ४२ बचाउनुहुन्थ्यो । त्यही मेहेनतले तीन वर्षमा दिनेशले ९ लाख रुपैयाँ कमाउनुभयो ।

मलेसिया जाने बेलामा त्यसको विकल्प नदेखेका दिनेशसँग विकल्प नै विकल्प थियो । किनकी उहाँसँग पैसा थियो । जे कुराले मनमा चोट लागेको थियो त्यही कुराले सेक्ने निधो गर्नुभयो दिनेशले । फेरि पनि तरकारीकै व्यापार थाल्नुभयो ।

५ हजार रुपैयाँको लगानीमासुरु गरेको व्यापार राम्रो भयो । दिनको १५ सय कमाइ भएपछि महिनाको ४५ हजार त दिनेशले चोखो बचाउ थाल्नुभएको छ । ‘काम गाह्रो छैन । होलसेलमा किसानसँग तरकारी किन्यो । रिटेलमा बेच्यो ।’ दिनेशले व्यापारको मेलो सुनाउनुभयो ।

यति कमाइ हुँदा हुँदै पनि दिनेशलाई कहिले काहिँ फेरि पनि विदेश जानु पर्यो भन्ने कुरा दिमागमा आउँछ । तर विदेशको रोजगारी त पाखुरीमा बल हुञ्जेल मात्रै त हो भन्ने कुरा सम्झिएपछि हतारमा निर्णय गर्नु हुँदैन भन्ने निष्कर्षमा पुग्नुहुन्छ ।

त्यसमाथि आफन्त र छिमेकीको फेरिएको व्यवहारले पनि उहाँलाई यहीँ बस्न हौस्याउँछ । उतिबेला व्यापार गर्छु, विदेश जान्छु भन्दा नपत्याउने आफन्त र छिमेकी अहिले दिनेशसँग ऋण माग्न आउँछन् । ‘छन गेडी सबै मेरी, छैनन गेडी सबै टेडी भनेको यही त रहेछ नी ।’ दिनेशको अनुहार केही उज्यालो भयो ।