Monday, September 28

एक करोड लगानीमा ‘साली कस्को भेनाको’ गरियो सुभ साइत …..

चलचित्र ‘साली कस्को भेनाको’ को शुभमुहर्त चितवनमा गरिएको छ। भद्र भुजेलको निर्देशनमा तयार हुने चलचित्रको मंगलबार शुभमुहर्त गरिएको हो। चलचित्र निकै महँगो बजेटमा निर्माण हुने जानकारी निर्माण टिमले जानकारी दिएको छ। नेपाली चलचित्रमा लगानी बढ्दै गएको अवस्थामा चलचित्रको लगानी एक करोड पुग्ने निर्माण निर्माण टिमले जानकारी दिएको छ।

मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मित चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिश्का पोख्रेल, बुद्धि तामाङ, रजनी गुरुङ, रवि गिरि, प्रिया रिजाल, कविता आले लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले क्ल्याप हानेर शुभ मुहुर्त गरेका थिए। उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुकेले क्यामराको स्विच अन गरे । लेखक पुष्प आचार्यले नरिवल फुटाए ।

निर्देशक भुजेलको निर्देशनमा चलचित्रकी नायिका मरिष्का पोख्रेल र नायक देब सागर बि.सीले मुर्हुत सट दिए । निर्माता प्रसाद श्रेष्ठको प्रस्तुती रहेको चलचित्रमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको लगानी रहेको छ।चलचित्रको छायाँकन धम्पुस र चितवनमा हुने जानकारी दिईएको छ।

स्रोत:-९७७मगाजिनबाट |