Monday, October 2

सांसद राजेन्द्र राईले उद्घाटन गरेको भवनको पुनः उ द्घाटन गरिने : मन्त्री झांक्री

2022-04-02 242

नारायण कुमार राई,धनकुटा । अघिल्लो केपी ओली सरकारले शुरु गरेको फुस्को छानो हटाएर टिनको छानो लगाउने जनता आवास कार्यक्रम हटाउने तयारी भईरहेको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले बताउनु भएको छ ।

नेकपा समाजवादी धनकुटा नगर कमिटी प्रशिक्षणका लागि आउनु भएकी झाँक्रीले शनिबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको नेकपा एमालेले चरम दुरुपयोग भएको भन्दै हटाउन लागिएको जानकारी दिनुभयो ।

‘उक्त कार्यक्रम हटाउन नीतिगत तहमा संशोधनको तयारी गरिरहेका छौं’–झाँक्रीले भन्नुभयो । ‘अघिल्ला सरकारले जनता संग गरेका करार सम्झौता पुरा गर्ने दायित्व यस सरकारको भएकाले मात्र उक्त कार्यक्रमलाई निरन्तरता दिएका हौ ।’

उक्त कार्यक्रम नेकपा एमालेले आफ्ना कार्यकर्ता हुने शर्तमा मात्र सेवा दिएको र जस्ता किन्न दिईने ७५ हजार रकम अनियमितता भईरहेकाले पनि उक्त कार्यक्रम बन्द गरिने लागेको झाँक्रीको जिकिर थियो ।

यसका साथै अन्य केपी ओपी सरकारको पालामा शुरु भएर बजेट अभावमा अलपत्र परेका ३५ भन्दा बढी सामुदायिक भवन लगाएतका बिभिन्न भवन निर्माणका कामहरु नि कटौती गर्ने तयारी भईरहेको झाँक्रीको भनाई रहेको थियो ।

यसैबीच धनकुटा नगरपालिका वडा नं.२ मा निर्मित स्वास्थ्य चौकी भवन उदघाटन मन्त्रीले झाँक्री गर्ने चर्चा चलेकै बेला उक्त भवनको अघिल्लै दिन संघिय सांसद राजेन्द्र राईले उत्घाटन गरेको बिषय प्रति झाँक्रीले उक्त भवनको पुनः उत्घाटन गरिने जानकारी दिनुभयो । ‘म मन्त्री नभए नहुंला तर भवन हस्तान्तरण भएपछि मन्त्रालयले धुमधामका साथ उद्घाटन गर्नेछ ।’–झाँक्रीले भन्नुभयो ।-धनकुटाखबर।

प्रतिकृया दिनुहोस्