Thursday, October 29

आयो यस्तो डरलाग्दो खबर, देशमा राजतन्त्र फर्काउन राजालाई पुजारीको आर्शिवाद (पुरा हेर्नुहोस)

सुर्खेत, ४ माघ, २०७४: पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरका पुजारीले चाँडै राजतन्त्र फर्काउन आर्शिवाद दिएका छन् । सुर्खेतको प्रसिद्ध देउती बज्यै मन्दिरको दर्शन गर्न पुगेका पूर्वराजा शाहलाई मन्दिरका पुजारीले कुनै पनि हालतमा देशमा राजतन्त्र फर्काउने आर्शिवाद दिएका हुन् । हिन्दु धर्मको रक्षाका लागि राजा र राजतन्त्र आवश्यक रहेको पुजारीको भनाइ छ ।

पश्चिम नेपालको भ्रमणमा रहेका शाह बुधवार दिउँसो वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरमा दर्शन गर्न पुगेका थिए । मन्दिरमा पुजा गर्न पुगेका शाहलाई मन्दिरका पुजारीले चाँडै देशमा राजा र राजतन्त्र फर्किने भन्दै आर्शिवाद दिए ।

पूर्वराजाले पुजा गरिरहँदा मन्दिरका पुजारी टंकबहादुर राजीले भने, ‘देशमा चाँडै राजतन्त्र फर्कियोस्, राजालाई गद्धीमा बसेको देख्न पाइयोस् । राजाको कल्याण होस्, हिन्दु धर्मको रक्षा होस् ।’ पुजारीले राजसंस्थामा मात्र हिन्दु धर्मको रक्षा हुने भन्दै देउती बज्यैको आशिर्वादले देशमा राजतन्त्र फर्किने बताए ।

यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले देउती बज्यै मन्दिरमा विशेष पूजा गरेका छन् । नेपालमा राजसंस्था ढलेपछि पहिलोपटक सुर्खेत आएका पूर्वराजाले तेस्रो पटक देउती बज्यैको दर्शन गरेका हुन् । नेपालगञ्जबाट बुधबार विहान १२ बजे वीरेन्द्रनगर पुगेका शाहले करिव १५ मिनेट पूजा गरेका थिए ।

देउती बज्यै दर्शनका क्रममा राजाले देशमा स्थायी शान्तिको कामना गरे । ‘राजाले मन्दिर राम्रै छ, भनिबक्सिनुभयो’ मन्दिरका मुख्य पुजारी टंकबहादुर राजीले भने, ‘देशमा शान्ति कायम होस्, जनताको कल्याणहोस् भन्ने शुभेक्षा देउतीमातासँग उहाँले विसाइबक्सिनुभो ।’ उनले पूर्वराजाले देउतीबज्यैको दर्शन गरेको यो तेस्रो पटक भएको बताए ।

यसैबीच राजा पुगेसँगै स्वागतमा मन्दिरको मुल गेटमा बसेका समर्थकले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आऊ, देश बचाऊ जस्ता नारा लगाएका थिए । करिब एक घण्टा राजाको प्रतिक्षामा बसेका जनताहरुले पूनः राजसंस्थाको माग गरेका छन् ।

पूर्वराजालाई हेर्न आतुर समर्थकले देउती बज्यैको मुलगेटमा पुग्नासाथ जय जयकारसमेत गरेका थिए । विगतमा सामान्य चहलपहल हुने देउती बज्यै मन्दिर परिसरमा विहीबार भने विहानैदेखि घुइँचो थियो । महत्वपूण चाडपर्वमा भक्तजनले घुइँचो हुने देउती बज्यै मन्दिर परिसर विहीबार भने पूर्वराजालाई हेर्नेको भीडले भरिएको थियो ।

todaysnepal.com बाट