Thursday, May 26

पललाई भेट्न तनहु कारागारमा पुगेर फर्केकी मल्लिकाले दिइन यस्तो प्रतिक्रिया, भन्छिन् पल बाहिर आउनसाथ रहेका काम सुरू हुन्छ -हेर्नुहोस (भिडियो सहित)

2022-04-17 333

नेपाली चलचित्र जगतमा एकदमै धेरै रुचाइएको जोडी हो पल शाह र मल्लिका महत को जोडी। पल शाह यतिबेला नाबालिक गायिका माथि ब*लात्*कार*को आरोपमा पक्राऊ परेर जिल्ला अदालत तनहुँका अनुसार तनहुँ का*रा*गा*रमा आफ्नु मुद्दा खेपीरहेका छन्। तेसैले उनलाई भेट्ने विभिन्न परिचित व्यक्तिहरूको लाहर लागिरहेको तनहु कारागारमा जसमा मल्लिका पनि उनलाई भेट्न का*रा*गार सम्म पुगेकी थिइन्।

लामो समयपछि तपाईंले आज पल जीलाई भेट्नु भयो अनि के के कुराहरू भयो त तपाईहरुको बीचमा भनेर नायिका मल्लिका महतलाई सोध्दा उनी यसो भन्छिन्,’ लगभग पल जी सँग मेरो दुई महिना पछि बोलचाल भनौं या भेटघाट भाको होला त्यसैले होला अलिक कस्तो नरमाइलो जस्तो महसुस त भैहाल्छ पक्कै पनि।’

‘वहाँ सँग थोरै बोलचाल भयो अनि मैले वहाँलाई कस्तो हुनुन्छ अहिले तपाईंको स्वास्थ्य अवस्था कस्तो छ भनेर सोध्दा पल जिले सबै ठिकै छ मेरो यहाँ त मलाई होस्टेल बसेको जस्तो फील भइरहेको छ। यहाँको नियम कानुन हरुपनि राम्रै रहेछ भन्नु भयो। म आउन त पहिले नै आउन मन थियो पल जीलाई भेट्न तर मेरो बोर्ड एक्जाम पनि थियो अनि बीचमा फ्यामिली प्रोबलमले गर्दा पनि भेट्न पाएको थिइन्।’

अनि वहाँले कसरी दिन आफ्नु समय विताइरहनु भएको रहेछ केही सोध्नु भयो पल जीलाई भन्दा खेरी मल्लिका यसो भन्छिन्,’ वहाँ हरुको भित्र गेम्सहरू हुने रहेछ जहाँ क्यारम्बोर्ड, लुडो जस्ता गेम हरू खेल्दै कहिले काँही आफ्नै फिल्म त्यहाँको टिभीमा हेर्दै त कहिले त्यहाँ पाइने पुस्तकहरू पनि पढ्दै आफ्नु दिनचर्या बिताई रहनु भएको छ अरे’ भनेर भन्छिन् नायिका महत।

‘हामीले पहिले गरेका प्रोजेक्टको रिभ्युजको बारेमा पनि कुराकानी भयो वहाँ सँग साथै अब कति प्रोजेक्ट हरू थन्किएर बसेका हरुको बारेमा पनि कुराकानी गर्न पाएँ वहाँ सँग ‘भनेर आफूले गरेका कामको बारेमा समेत कुराकानी भएको सुनाउँछिन् नायिका मल्लिका महत। अब हामीले वहाँलाई मोटिभेट गर्नु पर्दछ र जे पनि हुन्छ राम्रो हुन्छ भनेर सोच राख्नुस् भनेर भनेको कुरा सुनाउँछिन् नायिका मल्लिका महत।-बद्रियापोष्टबाट।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्