Thursday, April 15

रमेश प्रसाईले आँ’टे बिहे कल्पना दाहाल भन्छिन् “लेखेको पाईन्छ देखेको पाईदैन”, बिगत सम्झेर बनिन भा;बुक (भिडियो सहित कुराकानी)

2020-12-03 930

काठमाडौ । कल्पना दाहाल र रमेश प्रसाईको दोहोरी नेपाली इतिहासमा सबैभन्दा धेरै हेरिएको लोक दोहोरि बनेको छ । लाईभ हेराईमा यसले रेकर्ड तोडेको थियो । इन्द्रेणी युबट्युव च्यानलबाट अपलोड गरिएको भिडियो अहिलेपनि सर्वाधिक कमेण्ट र हेरिएको भिडियोमा रेकर्डपनि कायम हुँदैछ ।

त्यही गीतबाट कल्पना दाहालको उचाई एकदमै उचाईमा पुग्यो । त्यसपछि पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ, उनिहरुका शुभचिन्तकहरु चाहन्छनकि उनिहरु वास्तविक जिवनमै जोडी बनुन ।

उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् । केहि दिन अघि रमेशसंग कल्पनाको विवाहलाई लिएर कल्पनाको आमाले पनि स्वीकृति दिएकी छन्,यो कुराले उनिहरुलाई माया गर्ने सबै निकै खुशी भएका थिए । कल्पनाको रोजाई रमेश हुन् भने आफुलाई कुनै गुनासो नभएको उनको आमाको भनाई थियो ।

उनीहरुको दोहोरी र टिकटक हेरेर वास्तविक जिवनमा पनि जोडी बन्न धेरैले सुझाव दिएका थिए । उनिहरुले हुक्का चिलिमले भन्ने दोहोरी गाएर सबको मन जितेका थिए ।

कल्पना र उनको प्रेमको बिषयमा उनकी आमालाई प्रश्न गर्दा निकै लाजाइन। हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेशले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी थिइन् ।
तर अब यी सबै शुभकामना र दर्शक श्रोताले भनेको जस्तो नहुने पक्का नै भएको छ । चर्चामा रहेका रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् ।
रमेशसँग आफ्नो विवाह हुन लागेको नन्दाले बताएकी छन् । यहि २२ गते धरानमा नेपाली परम्पराअनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् । राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश र कल्पना दाहालबीच केही अगाडि प्रेमको चर्चा मिडियामा चलेको थियो ।

एक लोकदोहोरी कार्यक्रममा सँगै दोहोरी गाएपछि रमेश र कल्पनाको नाम जोडिएको थियो । रमेश पछिल्लो समय लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।

अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् । इन्द्रेणिमा दोहोरी गाउँदा गायक कल्पना दाहलसँग विवाह गर्ने कुरा गितमा समेटिएपनि गितमै सिमित हुने भएको छ ।

कल्पना दाहालसंग गरिएको कुराकानीको भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्