Thursday, May 26

४ करोड ६३ लाख झुक्किएर खातामा आएको फिर्ता गर्न असमर्थ

2022-04-24 144

यामागुची । पश्चिम जापानमा कोरोना भाइरसको राहतस्वरुप ४६३ ओटा घरपरिवारलाई दिन राखिएको रकम झुक्किएर एउटै घरपरिवारको खातामा गएको थियो । उक्त घरपरिवारले सो रकम फिर्ता गर्न नगरेको नगर सरकारले अप्रिल २२ मा बताएको छ ।

महामारीबीच आवासीय कर छूट दिइएका न्यून आययुक्त घरपरिवारलाई १ लाख येन वितरण गर्ने जापान सरकारको योजनामा भूलबस त्यस्तो भएको थियो । यामागुची प्रिफेक्चरको आबु नगरले १ ÷१ लाख येनका दरले ४६३ ओटा घरपरिवारको खातामा पैसा पठाउन ठिक पारेको थियो ।

नगरका कोष अधिकारले अप्रिल १ मै बैंकलाई पैसा प्राप्त गर्ने घरपरिवारको सूचि पठाएका थिए ।५ दिन पछि सोही नगर अधिकारीले बैंकलाई झुक्किएर पैसा स्थानान्तरण गर्ने फारम पठाए ।तर सो फारममा प्रापकका रुपमा एउटा घर परिवारको मात्रै नाम थियो ।

फलतः ४६३ ओटा घरपरिवारले पाउनु पर्ने पैसा एउटै घरपरिवारको खातामा गयो । शुरुमा उक्त घरपरिवारबाट राहतका आवेदन दिने आवेदकले पैसा फिर्ता गर्ने इच्छा व्यक्त गरेका थिए । तर नगरले उनीसँग सम्पर्क बनाउने प्रयास गरेपनि सम्पर्क गर्न सकेन ।

अप्रिल २१ को रातमा नगर अधिकारीहरु उनीसमक्ष पुगे ।सो पैसा अन्यत्रै सारिसकेको र फिर्ता गर्न नसक्ने जवाफ आयो । आफू नभाग्ने अनि आफूले गरेको गल्तीको सजाय भोग्न पनि तयार रहेको ती आवेदकले बताएका छन् । नगरसँग स्थानान्तरण गरेको रकम

कहाँ गयो र उसको बैंक खाताबाट कति पैसा झिकिएको छ भनेर जाँच्ने अधिकार नभएकोले यस विषयमा नगरले यामागुची प्रिफेक्चर प्रहरीका साथै वकिलहरुसँग पनि परामर्श गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्