Thursday, May 26

हरे भगवान् यो कस्तो पिडा : साथिभाहरूले समेत भुतआयो भनि भाग्छन्, उपचारको पैसा नहुँदा रुवावासी (भिडियो सहित)

2022-04-26 181

नवलपुर जिल्लाको सिजि मन्दिर नजिकै बस्ने गरेको एक कुमाल परिवारको छोरा पिताम्बर कुमाल हेर्दै अलिक फरक किसिमका सात वर्षीय बालक यति बेला टिकटकमा भाईरल भए पछि मिडियाहरू त्यहाँ पुगेका छन्। उनको नाक को एउटा प्वाल टा*लिएको रहेछ साथै ति बालकको एउटा आँखा समेत जन्मदा बेलामा टा*लिएको रहेछ।

त्यस्तै अस्पातलमा डाक्टरले उनकाे उपचार नेपालमा सम्भव नभए पनि इण्डिया लगेर उपचार गरायौं भने पनि उनको उपचार सम्भव रहेको बताएका रहेछन तर घरको आर्थिक अवस्था क*मजोर भएकाले साथै अहिले सम्म विभिन्न अपरेसन तथा दबाई हरू गर्नु परेकाले इण्डिया लगेर उपचार गराउने बजेट नरहेको ति बालक को आमाले बताएकी छिन्।

बाबुलाई कसरी यस्तो अवस्था आई भनेर सोध्दा उनले येसो भन्छिन्,’ बाबु येस्तै जन्मिएको हो। जन्मिँदा पुरै अनुहार नै टालिएको थियो अनि आँखा मुख सबै खुल्ला थियो र अलि अलि खर्च गरेर काठमाडौं मा लगेर अपरेसन गरेको हो।’

जन्मेको जति महिना पछि अपरेसन गर्नु भएको हो भनेर सोध्दा पिताम्बर कुमालकी आमा यसो भन्छिन्,’ बाबु जन्मिएको लगभग छ महिना पछी अपरेसन गरेको हो। उसको जन्म चै भरतपुरमा भएको थियो तर अपरेसन गर्न चाई काठमाडौं लागेका थियौँ।’

तपाईंहरूले लगभग कति जति खर्च गरिसक्नु भयो भनेर सोध्दा उनी यसो भन्छिन्,’ खर्च त धेरै नै भइसको लगभग तीन चोटि त अपरेसन गर्न भनेरै हामी काठमाडौं गइसकेको छौ अनि अलिकति खुट्टा पानी बंगिएकी थियो त्यो बनाउन पनि खर्च लाग्यो।’

पिताम्बर लाई समाजमा हेर्ने दृष्टिकोण कस्तो छ अहिले के कस्तो भोग्दै आउनु भएको छ तपाईंले भनेर सोध्दा उनी यसो भन्छिन्,’ कोही कोहीले त राम्रै भन्छन् तर कसैले त बाँच्*नु भन्दा त मरेकै राम्रो भनेको सुन्दा चै मनमा सारै बिजाउने गरेको छ मेरो। अरूको बच्चा देख्दा स्कूल गएको हेर्दा मेरो पनि बच्चा स्कुल जान्थ्यो होला नि यस्तो नभएको भए भन्ने जस्तो लाग्थ्यो।’

बाँकी तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्