Thursday, May 26

शाहरूख खान र काजोलको जोडी ७ वर्षपछि फेरी स्क्रिनमा देखिने

2022-05-02 112

काठमाडौं । करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ बहुप्रतिक्षित फिल्म मध्ये एक हो । हालै बलिउडको अनस्क्रिन सुपरहिट जोडी काजोल र शाहरुख खान फिल्ममा विशेष भूमिकामा देखिने खबर आएको छ । रोहित शेट्टीको ‘दिलवाले’ पछि यी दुवै ७ वर्षपछि यो फिल्ममा एकसाथ देखिँदैछन् । फिल्ममा आलिया भट्ट र रणवीर सिंह मुख्य भूमिकामा छन् ।

बलिउड लाइफको रिपोर्ट अनुसार शाहरुख र काजोल फिल्ममा विशेष भूमिकामा रहनेछन्, जसको लागि दुबैले चाँडै मुम्बईमा सुटिङ सुरु गर्नेछन् । शाहरुख अहिले आफ्नो प्रोजेक्टमा व्यस्त छन् । नजिकको स्रोतका अनुसार शाहरुखले करण जोहरको फिल्मको सुटिङमा एक दिन बिदा लिनेछन् । यद्यपी दुबै विशेष गीतमा देखिने वा विशेष दृश्यमा देखिने भन्ने कुरा भने खुलाइएको छैन ।

स्रोतका अनुसार, “शाहरुखले आफ्नो व्यस्त तालिकाबाट सुटिङका ​​लागि एक दिनको समय दिन सक्छन् र मुम्बईमा नै सुटिङ गर्न सक्छन्। जोडीको उपस्थिति भने तय हुन बाँकी छ। दुवै विशेष गीत वा विशेष दृश्यमा देखिनेछन्। लामो समयपछि निर्देशकको रूपमा फर्किनु करणको लागि उत्साहको कुरा हो ।

शाहरुखले करण जोहरको फिल्म ‘ए दिल है मुश्किल’ मा विशेष भूमिका दिएका थिए । काजोल र शाहरुख पछिल्लो पटक सन् २०१५ मा रोहित शेट्टीको फिल्म दिलवालेमा देखिएका थिए । चलचित्रमा सात वर्षपछि दुवैको पुनर्मिलन हुनेछ ।वर्कफ्रन्टको बारेमा कुरा गर्दा, शाहरुख खान दीपिका पादुकोणको साथ आगामी फिल्म ‘पठान’ मा देखिनेछन्। उनीसँग राजकुमार हिरानीको ‘डंकी’, ‘धूम ४’ र ‘लायन’ जस्ता फिल्म पनि छन् । अर्कोतर्फ, काजोल फिल्ममेकर रेवतीको फिल्म ‘सलाम भेन्की’ मा देखिनेछिन् ।

प्रतिकृया दिनुहोस्