Thursday, October 1

आखिर किन यस्तो बलियो हुन्छ नोकिया ? नोकिया फोनको बारेमा १० रोचक जानकारीहरु, जुन तपाईलाई सायदै थाहा होला (एकपल्ट सबैले हेर्नुहोला)

सायद हामिहरु मध्य नोकिया फोन प्रयोग नगरेका हरु कमै छौ होला । कतिले त अझै पनि नोकिया फोन नै प्रयोग गर्दै हुनुहुन्छ होला । नोकियाले आफ्नो उत्पादन पुन: सुरु गरेपछी किनेर चलाउने हरु पनि हुनुहुन्छ होला ।

पिपल गेडी र पाहुर बिस्कुट “मिस” गर्दा झै नोकिया फोन “मिस” गर्ने हरु पनि पक्कै हुनुहुन्छ । नोकिया फोन प्रती को आकर्षण को कारण भनेको यसको मज्बुती र गुण्स्तर नै हो । वास्तवमै नोकिया निकै नै टिकाउ फोन बनेको छ ।


यती सम्म कि बिभिन्न सामजिक सन्जाल हरुमा नोकिया को मज्बुती लाई लिएर बनेका धेरै थरिका ब्यङ्यात्मक पोस्ट हरु निकै नै देख्न पाहिन्छ। जस्तै कि: सामसुङ खसे स्क्रीन फुट्छ , नोकिया खसे जमिन नै फुट्छ र आईफोन खसे फोनको साहुको मुटु फुट्छ । रमाइलो को लागी मात्र यो प्रसँग उठायौ  ।

 

अब सुरु गरौ नोकिया फोन को बारेमा यस्ता १० रोचक जानकारी हरु जुन तपाईं हामी मध्य धेरै लाई थाहा छैन ।

 

                 नोकियाको बारेमा १० रोचक जानकारी हरु:

  • नोकिया ३३१० फोनको भन्दा धेरै समय ब्याट्री टिक्ने फोन आहिलेसम्म बजार मा उपलब्ध छैनन । एकपटक पुरा चार्ज गरेपछी लगातार ५५ घण्टा कल गर्न पुग्ने ब्याकअप नोकिया ३३१० को ब्याट्री ले दिन्छ ।
  • प्राय स्मार्टफोन हरु एकपटक अफ गरेर अन गरिसके पछी चलाउन को लागी तयार हुन २० सेकेन्ड समय लिन्छन्, जबकी नोकिया ८ सेकेन्ड मै तयार हुन्छ ।
  • फिनल्यान्ड मा नोकिया लाई “Indestructible” ( अबिनासकारी ) को उपनाम दिइएको छ । यतिसम्म कि नोकिया ३३१० लाई फिनल्यान्डले राष्ट्रिय चिन्ह तोकेको छ ।
  • नोकिया मा रहेको “स्नेक” खेल , सबैभन्दा धेरै जनाले खेलेको मोबाईल खेल को रुपमा बिश्व कृतिमान राख्न सफल भएको थियो । सन् २०१० मा उक्त कृतिमान राख्दा सम्म मात्र यो खेल १ करोड जना भन्दा धेरै मोबाईल प्रयोगकर्ताले खेलेका थिए ।
  • आफुले बोकेको नोकिया ३३१० को कारण ले अफ्गानिस्तानका एक सैनिक लाई छातीमा गोली लाग्न बाट बचाएको थियो । यो बिषय उक्त समयमा सामजिक सन्जालहरु मा निकै भाइरल बनेको थियो ।
  • आन्तरिक एन्टिना को प्रयोगको सुरुवात नोकिया बाट नै भएको थियो ।
  • टाइपिङ मा Auto-correct को अप्सन भित्राउने पनि नोकिया नै थियो।
  • आईफोन पहिलो पटक लन्च हुँदा २ करोड ५० लाख थान बिक्री भएको थियो,जबकी नोकिया पहिलो पटक लन्च हुँदा १ अर्ब २६ लाख थान बिक्री भएको थियो ।
  • केहि समयअघी मात्र बेलायत को पत्रीका The Sun Newspaper ले एउटा लेख प्रकासन गरेको थियो । एक ब्यक्ती जसले सन् २००० मा नोकिया ३३१० किनेर आहिले २०१७ सम्म पनि उहि फोन बिना कुनै समस्या चलाईरहेको बिषय मा एउटा रोचक जानकारी उक्त लेखमा उल्लेख गरिएको थियो ।
  • मोबाईलमा पहिलो पटक ईन्टरनेट च्याट को सुबिधा दिने मोबाईल नोकिया ३३१० नै थियो ।
  •          यो जानकारी कस्तो लाग्यो राम्रो लागे अबस्य शेयर कमेन्ट गर्न नभुल्नुहोला |