Thursday, May 26

भरतपुर महानगरमा रेनु दाहालको अग्रता बढ्दै, विजय सुवेदी पछ्याउँदै यस्तो छ पछिल्लो अपडेट

2022-05-14 163

काठमाडौं, ३१ बैशाख । भरतपुर महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म८०० मत गणना सम्पन्न भएको छ। मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन् ।

उनले ३२६ मत प्राप्त गरेकी छिन् । नेकपा (एमाले) का उम्मेद्धवार विजयी सुवेदीले २८१ मत ल्याएर रेनुलाई कडा टक्कर दिईरहेका छन् । उता, उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेद्धवार चित्रसेन अधिकारीले ३५८ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङ्गले २१८ मत ल्याएकी छिन् ।

यो पनि. धनकुटाको पाख्रिबास नगरपालिकाको बजार क्षेत्रमा नपाकौ वडा १ मा गठबन्धनको प्यानल नै बिजयी भएपछि बिजयी जुलुश निकालेका छन् ।

वडा नं १ मा गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भोगैन्द्र पाण्डे सहित प्यानलै बिजयी भएका हुन् ।

अन्तिम सार्बजनिक गरिएको मत परिणाम अनुसार वडा नं १ मा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भोगेन्द्र पाण्डेले ४२३ मत प्राप्त गर्दै बिजयी बनेका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले) का दुर्गा बहादुर थापाले २७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्य तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर कुमारी अधिकारीले ३९० मत प्राप्त गर्दै बिजयी भएका छन् भने वहांका निकटकम प्रतिद्वन्दी एमालेका तारा कार्की(बानिया) ले ३०५ मत प्राप्त गरेका छन् !

दलित महिला सदस्य तर्फ गठबन्धन नेकाका कोपिला सार्कीले ३९९ नत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका धन माया सार्कीले २९८ मत प्राप्त गरेकी छन् ।

खुला सदस्य १ मा गठबन्धन नेकाले ३९४ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने निकटतम प्रतिद्वन्दी एमालेले ३०४ मत र सदस्य २ तर्फ नेकाले ३१९ र एमालेले २९९ मत प्राप्त गरेका छन् ।-धनकुटाखबर

प्रतिकृया दिनुहोस्