Monday, October 2

बालेनको म’ तान्तर झन् बढ्यो, सुनिताले बालेनलाई भे’ ट्टाउनै लागिन्

2022-05-17 651

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका साथ अग्रतालाई निरन्तरता दिएका छन् । वालेनले आफ्नो प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित भन्दा ५,०८५ बढी मत ल्याएर अग्रतालाई निरन्तरता दिएका हुन् ।

ताजा मत परिणाम अनुसार वालेनले हालसम्म ११,३४३ मत प्राप्त गरेका छन्, भने केशव स्थापितले ६,२५८ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ५,४०८ मत प्राप्त गरेकी छन् ।

यता महानगरको उप–मेयरमा भने नेकपा (एमाले)की सुनिता ढंगोलले अग्रता कायम राखेकी छन् । उनले हालसम्म ९,४१९ मत प्राप्त गरेकी छन्, भने उनका प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठले २,५७५ मत र राप्रपाकी विनिता मगैयाले १,७०९ मत प्राप्त गरेकी छन् ।

यो पनि… काठमाडौंका मेयरका उम्मेदवार बालेन शाहको हाररजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको हो ।

हारजितलाई लिएर सट्टेबाज गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् ।

बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ ।

दुई युवाले अन्य तीन जनालाई रोहबर राखेर लिखित बाजी राखेको विषय सार्वजनिक भएको थियो । सो सट्टेबाज सम्बन्धी कागज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरीतको कार्य भएकाले उनीहरूलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए ।

‘फलानोले जित्यो भने यती गर्छु, उति गर्छु भनेर बाजी राख्नु भनेको सट्टेवाज नै हो । यो गर्न पाइँदैन,’ लम्सालले भने, ‘सामान्य हिसाबले हेर्दा यो सामान्य विषयवस्तु हो तर कानुनका हिसाबले हेर्दा यो अपराध हो ।’

प्रतिकृया दिनुहोस्