काठमाडाैं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ । विभागले ३.५ प्रतिशतदेखि ५.१ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।
नयाँ भाडादर भोलिदेखि नै लागू हुने विभागले जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनको मल्य ३.५ प्रतिशत बढाइएको छ । साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ५.१ प्रतिशतले बढाइएको छ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडा व्यवस्था छ ।
पाँचथरकाे मिक्लाजुङ अध्यक्षमा माओवादीका अमर माखिम दाेस्राे पटक निर्वाचित
काठमाडाैं, ३ जेठ/पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका छन् । उनले अध्यक्ष पदमा ६ हजार ६५ मत प्राप्त गरे । सत्ता गठबन्धनका उनले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बस्नेत पराजित गरेका हुन् ।
बस्नेतले ४ हजार २६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालय मिक्लाजुङले जनाएकाे छ । उनीहरूबीचकाे मतान्तर २ हजार ३९ हाे ।
यसअघि २०७४ सालमा पनि माखिम माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भए । त्यतिबेला उनले नेपाली कांग्रेसका खड्गसुन्दर लावतीलाई पराजित गरेका थिए ।
माखिमले पाएका सेवा सुविधाले अपाङ्गता भएका र विपन्न बालबालिकालाई पठनपाठनमा सहयाेग गरेका थिए । सवारी साधन नकिनेकाे, किसानहरूलाई प्राेत्साहन गरेकाे, सेवा प्रवाह चुस्त बनाएकाे भन्दै उनले वावाही पाउका थिए । उनै माखिम दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
गाउँपालिकाकाे उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट कांग्रेसका सन्ताेषकुमार सेर्मा निर्वाचित भएका छन् । उनले ५ हजार ५ सय ४२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया सारुले ३ हजार ३ सय ७२ मत प्राप्त गरिन् ।
प्रतिकृया दिनुहोस्