Thursday, June 30

स्वतन्त्र उम्मेदवा, रकाे मत बढी आउनु दलहरूकाे निम्ति ख, तराकाे घण्टी – याेगेश भट्टराई

2022-05-20 72

नेकपा एमालेका सचिव याेगेश भट्टराईले काठमाण्डाै महानगरपालिकामा स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी भएकाे टिप्पणी गर्नुभएकाे छ ।

आज बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन बानेश्वर पुग्नुभएका सचिव भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले कांग्रेस, एमाले लगायतका ठूला दलहरूलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी भएको बताउनुभएकाे हाे ।

त्यसैगरी सचिव भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभयो । गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएकोमत परिणाम निराशाजनक नभएको उहाँले बताउनुभयो । पार्टी हार्नुकाे कारण उम्मेदवार छनाेटमा कमजोरी हुनु रहेको उहाँकाे भनाइ छ । कतिपय ठाउँमा पार्टीलाई जिताउन नलागी विरोधीहरूलाई जिताउन साँठगाँठ गरिएको पनि उहाँले बताउनुभयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘यस पटकको चुनावमा एमालेको विरुद्धमा गठबन्धन बनाइयो, त्यसले राज्यसत्तालाई एमालेका विरुद्ध दुरुपयोग गरियो । यो परिस्थितिमा एमालेले ल्याएकाे परिणाम निराशाजनक होइन ।’

यो पनि – किसानलाई पेन्सनको व्यवस्था गर्न माग
काठमाडौं, किसानलाई योगदानमा आधारित पेन्सन (निवृत्तिभरण)को व्यवस्था गर्न माग गरिएको छ ।

बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी बिहीबार सहभागी भएकी माओवादी केन्द्रकी सांसद कमला रोकाले किसानलाई पेन्सनको व्यवस्था गर्न माग गरेकी हुन् ।

किसानलाई योगदानमा आधारित पेन्सनको व्यवस्था गर्नुपर्ने बताउँदै उनले किसानमैत्री र हितका लागि कार्यक्रम ल्याउनुपर्ने बताइन् । उक्त छलफलमा सहभागी अधिकांश सांसदले कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

किसानले उब्जाएको वस्तुको न्यूनतम मूल्य पनि सरकार तोक्नुपर्नेमा जोड दिएका सांंसदहरुले कृषिलाई आधुनिकीकरण र यान्त्रिकरण नगरी देश समृद्ध नहुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्