
अनिता पहिलोपटक आफैले बोलेर अन्त र्वार्ता दिईन, धेरैपछि भेट्दा सबैलाई हँ, साउन सक्ने भइछिन.. (भिडियोमै हेर्नुहोस )
Posted in अन्तरवार्ता, भिडियो
अनिता र विनोद कुनै सेलिव्रेटी होइनन् । तर पनि अहिले सामाजिक सञ्जालमा उनीहरुको चर्चा छ । कारण विनोदले पत्नी अनिताका लागि देखाएको माया । अस्पताल ल्याउँदा विनोदले अनिता निको भएर घर फर्कने आश गरेर ल्याएका थिएनन् । जे हुन्छ अस्पतालमै हुन्छ भनेर ल्याएका थिए । तर अहिले उनको खुसी फर्कदै गएको छ ।
अनिता विस्तारै बोल्न थालेकी छन् । अरुको बोलेको बुझ्न समेत भएकी छन् । २०७२ सालमा अनिता र विनोद वैवाहिक सम्बन्धमा गाँसिएका थिए । घर गुल्मी भए पनि विनोद अनितासँगै भैरहवामा बस्न थाले । बिहेको दुई वर्षपछि छोरी आहनाको आगमनले उनीहरुको जिन्दगीमा खुशी थपिदिएको थियो । जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गडबड हुन थाल्यो।
बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योजनामा पानी पोखियो। जेठ २९ गते । सदाजस्तै विनोद खड्का काममा व्यस्त थिए । बेलुका ५ बज्नै ल